टोटलएनर्जीज र ओएनजीसी माझ भारतमा मिथेन उत्सर्जन पत्ता लगाउन र मापन गर्न साझेदारी

Signing-Ceremony-of-the-AUSEA-Cooperation-Agreement

कोलकाता: भारत ऊर्जा सप्ताह २०२४ को अवसरमा टोटल एनर्जीज एण्ड ओयल एण्ड नेचरल ग्यास कर्पोरेसन (ओएनजीसी ) ले मिथेन उत्सर्जन पत्ता लगाउने र मापन अभियान सञ्चालन गर्न सहयोग सम्झौतामा हस्ताक्षर गरेको एक परे विज्ञप्तिमा बताएको छ। यस अभियानमा टोटलएनर्जीजको अत्याधुनिक एयुएसईए (एयरबोर्न अल्ट्रालाइट स्पेक्ट्रोमिटर फर इन्भायरमेन्ट एप्लिकेसन) प्रविधिको प्रयोग गरिने भएको छ। सहयोग सम्झौतामा टोटल इनर्जीज, भारतका कन्ट्री अध्यक्ष डा. संगकरण रत्नम र ओएनजीसीको तर्फबाट तेल तथा प्राकृतिक ग्यास कर्पोरेशनकी निर्देशक (अन्वेषण) सुष्मा रावतले हस्ताक्षर गरेको विज्ञप्तिमा बतैएको छ।

ओएनजीसीले भारतलाई सन् २०३० सम्ममा मिथेन उत्सर्जन कम गर्न मद्दत गर्न अन्तर्राष्ट्रिय प्रविधि साझेदारहरूलाई आमन्त्रित गरिरहेको छ, जबकि टोटलएनर्जीजले २०३० सम्म सम्पूर्ण उद्योगलाई शून्य मिथेन उत्सर्जनमा लैजाने प्रयासमा आफ्नो एयुएसईए प्रविधि साझा गर्ने योजना बनाएको छ। दुवै कम्पनीहरू तेल र ग्यास डेकार्बोनाइजेसन चार्टर (ओजीडीसी)मा संलग्न छन् जुन सीओपी२८ मा शुरू गरिएको एक विश्वव्यापी उद्योग पहल थियो। ब्राजिलको पेट्रोब्रास, अजरबैजानको एसओसीएआर, अंगोलामा सोननगोल र नाइजेरियाको एनएनपीसीएललगायत एयुएसईएको प्रयोगको लागि टोटलएनर्जीजसँग सहयोग सम्झौता गर्ने राष्ट्रिय कम्पनीहरूको बढ्दो सूचीमा ओएनजीसी  सामेल हुने बताइएको छ। एयुएसईए, टोटलएनर्जीजको एक अद्वितीय प्रविधि ड्रोनमा स्थापित एयुएसईए ग्यास विश्लेषक हो। यो टोटलएनर्जीज र यसको अनुसन्धान र विकास  साझेदारहरु द्वारा विकसित गरिएको हो। यसमा मिथेन र कार्बन डाइअक्साइड उत्सर्जन पत्ता लगाउन सक्षम डबल सेन्सर छ। यसले उनीहरूको स्रोत पनि पहिचान गर्दछ। यो प्रविधिले परम्परागत प्रविधिको तुलनामा मिथेन उत्सर्जनको पहिचान र मापनमा ठूलो परिवर्तन ल्याएको छ। एयुएसईएलाई उद्योगमा सबैभन्दा सटीक प्रविधिहरू मध्ये एकको रूपमा मान्यता दिइन्छ, जसले अपतटीय र तटवर्ती औद्योगिक सुविधाहरू दुवैमा हार्ड-टु-पहुँच उत्सर्जन बिन्दुहरूमा पहुँच प्रदान गर्ने प्रेस विज्ञप्तिमा बताइएको छ।

‘कार्यक्रमबाट मिथेन उत्सर्जन घटाउनु हाम्रो उद्योगको लागि जलवायु परिवर्तन विरुद्धको लडाईमा प्राथमिकता हो’, टोटलएनर्जीजका अध्यक्ष तथा सीईओ प्याट्रिक पोयानेले भने, ‘सन् २०३०सम्म मिथेन उत्सर्जन पूर्ण शून्य गर्ने लक्ष्य सीओपी २३ मा ओजीडीसीमा हस्ताक्षरकर्ताहरूको रूपमा हाम्रो सामूहिक महत्वाकांक्षा हो। हामी हाम्रो एयुएसईए टेक्नोलोजी प्रदान गर्न पाउँदा खुशी छौं र भारतमा ओएनजीसीलाई यसको सञ्चालनबाट मिथेन उत्सर्जन पत्ता लगाउन, मापन गर्न र कम गर्न सहयोग गर्दछौंl’ सम्झौतामा टिप्पणी गर्दै ओएनजीसीक अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण कुमार सिंहले भने, ‘कोप२८ मा ओजीडीसीको हस्ताक्षरकर्ताहरूको रूपमा हाम्रो सामूहिक महत्वाकांक्षा अनुरूप, ओएनजीसी  ले आफ्नो मिथेन उत्सर्जनलाई सन् २०२० को तुलनामा सन् २०२७ सम्म ५० प्रतिशत घटाउने लक्ष्य राखेको छ। सन् २०३० लागत ८० प्रतिशत कम गर्न नयाँ प्रविधिहरू खोज्दैछ। एयुएसईए टेक्नोलोजीको प्रयोगले सन् २०३८ सम्म शून्य मिथेन उत्सर्जनको लक्ष्य हासिल गर्न हाम्रो प्रयासहरूलाई अझ बलियो बनाउने विज्ञप्तिमा बताएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *