फरवरीमाविश्व सामाजिक मञ्चको भेला हुने

Photo-4

काठमाडौं: ‘अर्को विश्व सम्भव छ’भन्ने नाराका साथ आउँदो १५ फरवरीदेखि १९ फरवरीसम्म काठमाडौंमा विश्व सामाजिक मञ्च २०२४ आयोजना गर्ने भएको छ। उक्त विश्व भेला नेपालमा पहिलो पटक हुन लागेको हो। विश्व सामाजिक मञ्च नेपाल आयोजक समितिले काठमाडौंमा एक कार्यक्रम गरेर विहीबार जानकारी दिएको हो। मञ्चको उदघाटन समारोह १५ फरवरीमा काठमाडौंको भृकुटीमण्डपमा गरिने छ। यसैगरी १६ फरवरीदेखि १८ फरवरीसम्म विभिन्न विषयगत सम्मेलन र समानान्तर सत्रहरु आयोजना हुनेछन्। १७ फरवरीमा  अन्तरमहादेशीय युवा मञ्च हुनेछ भने संसदीय मञ्चको पनि कार्यक्रम आयोजना हुनेछ।

विश्व सामाजिक मञ्चको महत्व र प्रक्रियाका बारेमा पत्रकार सम्मेलनमा जानकारी दिँदै मञ्चका सदस्य डा. नेत्र तिमिल्सिनाले भने, ‘अफ्रिका, क्यानडा, अमेरिका, अष्टे«लियातिरबाट पनि प्रतिनिधिहरु हामीले आशा गरेभन्दा धेरै आउँदैछन्। अहिले काठमाडौंमा मध्यमस्तरका होटलहरु बुकिङमा छन्। कार्यक्रममा सहभागी हुन आउनेको ट्रेण्ड के देखिन्छ भने पन्ध्र बीस दिनदेखि एक महिनासम्म नेपाल बसेर नेपाललाई बुझ्ने देखिन्छl’ तिमिल्सिनाका अनुसार कार्यक्रमको तयारी तीब्र पारिएको छ। समग्र तयारी तथा व्यवस्थापनका लागि नेपाल आयोजक समिति बनाइएको छ। ११ वटा उप समितिहरु गठन गरि क्रियाशील छन्।

मञ्चमा १३ विधा: मञ्चमा १३ वटा विषयगत विधाहरु रहनेछन्। जसमा आर्थिक असमानता र आर्थिक न्याय, श्रम, आपवासन, दासत्व र मानव बेचबिखन, जात, काम र वंशमा आधारित भेदभाव, जाति, जातीयता, आदिवासी, छुवाछुत र सबै प्रकारका भेदभाव, लिङ्ग, लैङ्गिकता, लैंगिक हिंसा र पहिचान, भूमि, कृषि, खाद्य सम्प्रभुता, पारिस्थितिकीय कृषि, उर्जा र प्राकृतिक स्रोत, शान्ति,युद्ध, अधिग्रहण, विस्थापन र सुरक्षा, शिक्षा, कला र संस्कृति, सञ्चार, सामाजिक सञ्जाल र मिडिया, डिजिटल समानता, लोकतन्त्र, मानवअधिकार, अधिनायकवाद, कानून र न्याय, स्वास्थ्य, सामाजिक संरक्षण र समानता, जलवायु पर्यावरण, न्यायोचित रुपान्तरण, बासस्थान र दिगो विकास, महिला, बालबालिका, युवा, जेष्ठ नागरिक र आपाङ्गता भएका व्यक्तिहरू, सामाजिक आन्दोलन, नागरिकको भूमिका आदिका बारेमा समूहगत छलफल र अन्तरक्रिया गरिने आयोजकको तयारी छ।

९१ देश, चारसय कार्यक्रम: आयोजकले दिएको जानकारी अनुसार उल्लेखित विषयमा छलफल र अन्तरक्रिया लागि आधारित चार सयवटा कार्यक्रमहरु दर्ता भएको छ। कार्यक्रममा हालसम्म ९१ देशका १ हजार १६५ वटा संस्थाहरुले सहभागीताको लागि दर्ता भएको जनाइएको छ। करिब ५० हजार मानिसको सहभागिता रहने अपेक्षा आयोजकले गरेको छ। जलवायु परिवर्तनले निम्त्याएको विध्वंशलगायतका समस्याका बारेमा बोल्दै विश्व सामाजिक मञ्चले नयाँ विश्व बनाउनका लागि गम्भीर बहस सिर्जना गर्ने तिमिल्सिनाले बताए। विश्व सामाजिक मञ्च नवउदारवादको विकल्पमा विचार र अनुभवको आदानप्रदान गर्ने स्वतन्त्र खुला मञ्च हो। नवउदारवादी विश्वव्यापीकरणले पारेको विनाशकारी प्रभावको विकल्पका बारेमा गम्भीर बहस गर्ने सिलसिलामा सन् २००१ मा ब्राजिलको पोर्तो एलेग्रेमा पहिलोपटक विश्व सामाजिक मञ्च आयोजना गरिएको थियो।

यसले नवउदारवाद, भूमण्डलीकृत पुँजीवाद, जलवायु संकट, पितृसत्ता, जाति तथा रंगभेद, नश्लभेद एवं लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायविरुद्ध हुने हिंसा, विभेद, द्वेषकाविरुद्धमा एकजुट भएर गरिने विश्वभरका आन्दोलन र नागरिक समाजका संगठनहरुको सामूहिक शक्तिलाई प्रतिनिधित्व गर्दछ। १५ फरवरीको बिहान एघार बजे सोलिडारिटी मार्च (ऐक्यवद्धता र्याली)निकालेपछि एक बजेतिर कार्यक्रमको अन्तर्राष्ट्रिय प्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रमको औपचारिक उद्घाटन गरिने आयोजकको भनाइ छ।    

 

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *