फोनमा कवर लगाउँदा फाइदाको साथमा नोक्सान पनि

IMG-20240121-WA0090.jpg

हामी साधारणत नयाँ मोबाईल फोन किनेपछि त्यसलाई निक्कै हेरचाह गर्ने गर्छौं। फोन सुरक्षित रहोस् भन्ने सुनिश्चित गर्न हामी त्यसमा स्क्रीन गार्ड र कवर लगाउँछौं। स्क्रीन गार्ड र कवरले फोनलाई स्क्र्याचको शिकार बन्नदेखि बचाउँछ जबकि कवर लगाउँदा फोन हातबाट झरे स्क्रीन या ब्याक प्यानल फुट्ने सम्भावना कम्ती रहन्छ। अहिले ८०-देखि ९० प्रतिशत मानिसहरूले नै आफ्नो फोनमा ब्याक कवर लगाउँछन्। आफ्नो फोनमा ब्याक कवर लगाउँदा फाइदाको साथमा केही नोक्सान पनि रहेको छ।
१) फोनमा कवर लगाउँदा तातिने (हीटिंग) समस्या हुन्छ । विशेषगरी गर्मीको मौसममा कवरले गर्दा फोन चाँड़ै तातिन्छ । तातिनु थाल्यो भने फोन बारम्बार ह्यांग हुन्छ अनि ऐपहरू पनि ढिलो गरी खोलिन्छ।
२) केही रिपोर्टमा फोनमा कवर रहे यसको चार्जिंगमा समस्या आउने दावी पनि गरिएको छ। फोन तातिन थालेपछि राम्ररी चार्ज हुन नसक्ने बताइएको छ।
३) तपाईंले राम्रो गुणस्तरको फोन कवर लगाउनु भएको छैन भने ब्याक्टेरिया जमा हुने खतरा हुन्छ। यसबाहेक कवर चुम्बकीय भए त्यसले जीपीएस र कम्पासमा पनि समस्या हुन थाल्छ।
४) यसबाहेक अहिले मोबाइल कम्पनीहरूले आकर्षक डिजाइन भएको ब्याक प्यानलको साथमा नयाँ फोनहरू लञ्च गरिरहेको छ। यसैकारण फोनमा ब्याक कवर लगाउँदा त्यसको सुन्दरता लुक्ने गर्छ।
५) तपाईं आफ्नो फोनलाई स्क्र्याचबाट बचाउन चाहनुहुन्छ भने चार्जिंगको समय फोनको ब्याक कवर खोल्नुहोस्। यसबाहेक हेभी गेमिंगको समय पनि फोनमा ब्याक कवर नलगाउनुहोस्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *