नाम्चीमा एफपीओको एक समूहसँग भारत सरकारका डीएफएस सचिवले गरे अन्तर्क्रिया

n5727951801704814942496ea63c9dfd350412299085645136c7ae55ceb00c0802b0de3d63d8959d7eb0193.jpg

गान्तोक: नाबार्डले ७ जनवरी, २०२४ मा नाम्चीमा भारत सरकारका डीएफएस सचिव डा. विवेक जोशीसँग राज्यमा नाबार्डद्वारा प्रवर्द्धित एफपीओहरूको एक समूहसँग अन्तरक्रिया कार्यक्रम आयोजना गऱ्यो।

डा. जोशीसँग नाबार्डका अध्यक्ष शाजी केभी र भारत सरकारको डीएफएसका सहसचिव पीके गोयल पनि थिए।

एफपीओ सदस्यहरूले चार एफपीओको प्रतिनिधित्व गरे, अर्थात् गेजिङ जिल्लाबाट साँखु रधु खाण्डु किसान जैविक उत्पादक सहकारी समिति लिमिटेड र बाँकी तीन-बर्मेक टोकल किसान उत्पादक सहकारी समिति लिमिटेड, पासी किसान उत्पादक सहकारी समिति लिमिटेड र नाम्ची जिल्लाबाट गाङ्चुङ किसान उत्पादक सहकारी समिति लिमिटेड रहेका थिए।

प्रत्येक एफपीओका प्रतिनिधिहरूले डीएफएस सचिव समक्ष एक संक्षिप्त प्रस्तुति दिए, जसमा नाबार्डको सहयोग, वर्तमान गतिविधि, अनुभव, मुद्दा र भविष्यका योजनाहरूका साथ एफपीओको रूपमा उनीहरूको यात्राको विवरण सामेल थिए। डीएफएस सचिवले एफपीओ प्रतिनिधिहरूसँग लामो अन्तरक्रिया गरे अनि उनीहरूद्वारा गरिएका गतिविधि, एफपीओहरूले खेल्ने भूमिका र एफपीओहरूले आफ्ना व्यक्तिगत किसान सदस्यहरूका लागि दिएका फाइदाहरूमाथि विचार – विमर्श गरे।

उनले एफपीओसँगको उक्त अन्तरक्रियाले एफपीओका गतिविधिको सत्य कुरा, दुर्गम क्षेत्रहरूमा ऋणको प्रसार र अन्य ब्याङ्किङ गतिविधिहरूलाई बुझाउनमाधेरै महयोग मिलेको र उनीहरूले ब्याङ्कबाट ऋण वितरणको प्रक्रियामा तीव्रता ल्याउने आग्रह गरे। उनले हितधारकहरूलाई सल्लाह दिए कि उनीहरू अर्थव्यवस्थाका लागि आफ्नो महत्त्वका साथ साथै जलवायु लगायतका विभिन्न प्रकोपका कारण बीच उनीहरूको कमजोरीलाई ध्यानमा राख्दै आफ्नो गतिविधिलाई अधिकभन्दा अधिक साना, सीमान्तकृत र दुग्ध कृषकहरूतर्फ उन्मुख गर्नुपर्छ।

नाबार्डका अध्यक्ष शाजी केवीले आफ्नो सम्बोधनमा सहकारी समितिहरूलाई मजबुत पार्नमा नाबार्डको प्राथमिकतामाथि प्रकाश पारे। उनले भने, “नाबार्डले वर्तमानमा सहकारी समिति अन्तर्गत एफपीओहरूलाई सहयोग गर्ने प्रयास जारी राखेको छ।” उनले त्यस्ता एफपीओको माध्यमद्वारा कृषि वस्तुहरूको मूल्य शृङ्खलालाई मजबुत गर्न आवश्यक रहेको कुरामा जोड दिए।

“वित्त पोषण सहयोगको अभिसरणले कृषि मूल्य शृङ्खलालाई मजबुत बनाउनका लागि नाबार्डको समर्पणलाई झल्काउँछ। सिक्किममा विशेष रूपमा, जहाँ प्रत्येक एफपीओ सहकारी समिति अधिनियम अन्तर्गत पञ्जीकृत गरिएको छ, हामी यी संस्थाहरूलाई सोझै आफ्नो वित्तीय संसाधनहरूबाट समर्थन गर्न पाउँदा गर्व गर्छौँ। पीएसीएस कम्प्युटरीकरण परियोजनामा सबै एमपीसीएसको ‘गो लाइभ ट्रायल’ चरणमा सफल परिवर्तन एक अग्रगामी उपलब्धिको प्रतीक हो। हाम्रो हस्तक्षेपलाई जमिनी स्तरको वास्तविकता अनुरूप गर्न हामी मूल्यवान अन्तर्दृष्टि प्रदान गर्नका लागि एफपीओको सराहना गर्छौँ”, उनले थपे।

नाम्चीमा एफपीओ अन्तरक्रिया कार्यक्रमभन्दा अघि, नाबार्डका अध्यक्ष साजी केर्वी, नाबार्डका जीएम तथा प्रभारी अधिकारी सिक्किम आरओ सञ्जय कुमार गुप्ताले मुख्यमन्त्री प्रेम सिंह तामाङ (गोले) सँग ७ जनवरी, २०२४ मा बैठक गरे, जसमा पारस्परिक हितका महत्त्वपूर्ण विकास सम्बन्धी मामिला, जस्तै पर्यटन गतिविधिहरूको लागि बुनियादी ढाँचाको वित्त पोषण, एफपीओका गतिविधिहरू, एमपीसीएसको कम्प्युटरीकरणको स्थिति, आदिमाथि चर्चा गरियो। मुख्यमन्त्रीले सिक्किमको विकासमा नाबार्डको योगदानको सराहना गर्दै थप अपेक्षाहरू व्यक्त गरे, जसमा नाबार्डका अध्यक्षले सकारात्मक आश्वासन दिएको पीआईबीले प्रेस विज्ञप्तिमा बताएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *