तमिलनाडु प्रशासनबाट सुनिता दाहाल पुरस्कृत हुने

8282b2bf-21c4-469f-8a0b-06132b7dbf41


चेन्नईः गीता र बाइबलजत्तिकै संसारभरिका अधिकांश भाषामा अनूदित भइसकेको तमिल भाषाका कवि तिरुवल्लुवरद्वारा रचित प्रसिद्ध मुक्तक काव्य ‘तिरुक्कुरल’-की नेपाली अनुवादिका सुनिता दाहाललाई तमिलनाडु प्रशासनले प्रतिष्ठा गर्ने निधो गरेको थाहा लागेको छ। कतिपय भाषामा अनूदित तिरुककुरल तमिलबाट प्रत्यक्ष अनुवाद नभएका तर तमिलमा ज्ञान प्राप्त गरेकी सुनिताको अनुवाद तमिलदेखि नेपालीमा गरिएको प्रत्यक्ष अनुवाद हो। यस ग्रन्थमा अनुवादिककाले तमिलका कतिपय शब्दार्थ संस्कृतमा पनि नहुँदा दक्ष प्राविधिक शैली ग्रहण गरेकी छन्।
गत दिसम्बर २०२२-मा वाराणसीमा भएको मासव्यापी काशी-तमिल सङ्गमम्-मा सुनिता दाहालद्वारा अनूदित ग्रन्थ ‘तिरुक्कुरल’-को विमोचन प्रधान मन्त्री नरेन्द्र मोदीको बाहुलीबाट भएको थियो। प्रो. दिवाकर प्रधानले यस अनुवाद ग्रन्थको सारगर्भित भूमिका लेखेका छन्। आगामी ११ दिसम्बर २०२३-मा चेन्नईको राजभवनमा हुने भारतीय भाषा उत्सवको समारोहमा तमिलनाडुका राज्यपाल रवीन्द्रनारायण रविद्वारा सुनिता दाहाललाई विशिष्ट अनुवाद पुरस्कार प्रदान गरिने धोषणा भएको छ।

About Author

Advertisement