नयाँ दिल्ली: भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद् (आईसीएमआर) -को एक अध्ययन मुताविक युवाहरूमा हृदयाघात हुने घटनासित कोरोना भ्याक्सिनको कुनै सम्बन्ध छैन। कोरोना भ्याक्सिनको कारणले युवाहरूको अचानक मृत्युको घटना बढ़ेको होइन जबकि उनीहरूको पारिवारिक स्वास्थ्य इतिहास र जीवन शैली यसको लागि जिम्मेवार हुनसक्छ।
मङ्गलवार आईसीएमआरद्वारा जारी अध्ययन रिपोर्टमा बताइएको छ, देशमा युवा वयस्कहरूको अचानक मृत्युको आशङ्का कोरोनापछि अस्पतालमा भर्ती हुनु, मृत्युको पारिवारिक स्वास्थ्य इतिहास औ जीवन शैली यसको कारण हुनसक्छ। आईसीएमआरले यस अध्ययनमा 47 वटा अस्पतालहरूलाई सामेल गरेको थियो जसमा १८ देखि ४५ वर्षसम्मका रोगीहरूलाई सामेल गरिएको थियो जसलाई हृदयसित सम्बन्धित कुनै रोग वा अन्य रोगहरू थिएन।
तर कोरोनापछि उनीहरूको अचानक मृत्यु भयो। आईसीएमआरले वर्ष २०२१ देखि वर्ष २०२३ को अन्तरालमा अस्पष्ट कारणहरूले भएको मृत्युलाई सामेल गरी मृत्युका कारणहरूमाथि अध्ययन गऱ्यो।
अध्ययनमा यो पनि भनिएको छ, वर्तमान प्रदूषणको स्थिति, धूम्रपान, रक्सीको लत वा अत्यधिक शारीरिक व्यायाम पनि अचानक मृत्युको कारण हुनसक्छ। यसको साथै रक्सीको अधिक सेवनबाट पनि अचानक मृत्युको खतरा बढ़्दछ। तथापि पछिल्लो दुई वर्षमा भएका अचानक मृत्युहरूको पछाड़ि स्पष्ट कारण भिन्न-भिन्न हुनसक्छ।
उल्लेखनीय छ, जीबी पन्त अस्पतालद्वारा गरिएको एक अध्ययनमा पनि कोरोना भ्याक्सिनको हार्ट अट्याकको जोखिम बढ़्नेसित कुनै सम्बन्ध नरहेको पाइयो। यस अध्ययनमा मोठ १५७८ जना मानिसहरूलाई सामेल गरिएको थियो। अध्ययनमा कोरोनाको खोप लगाएपछि हृदयाघात हुने कुनै वैज्ञानिक प्रमाण पाइएन।