प्रथमपल्ट विश्वमा पूर्ण आँखा प्रत्यारोपण

whole-eye-transplant

विश्वमा पहिलो पटक पूर्ण आँखा प्रत्यारोपण गरिएको छ। अन्तर्राष्ट्रिय समाचार माध्यमहरूका अनुसार अमेरिकाको न्यूयोर्कमा पहिलो पटक चिकित्सकको टोलीले अनुहारको शल्यक्रिया गर्दा एक व्यक्तिको सम्पूर्ण आँखा प्रतिस्थापन गरेको छ। शल्यक्रिया करिब २१ घण्टासम्म चलेको थियो। करिब १४० डाक्टरले मिलेर यो शल्यक्रिया गरेका थिए। हालसम्म डाक्टरहरूले आँखाको अगाडिको भाग अर्थान नानी मात्रै प्रत्यारोपण गर्दै आएका छन्। आँखा प्रत्यारोपणलाई ठूलो उपलब्धि मानिएको छ, तर बिरामीको आँखाको ज्योति फर्किन्छ कि फर्कँदैन भन्ने अहिले नै भन्न सकिन्न। एनवाईयु लेङ्गोन हेल्थको सर्जिकल टोलीको नेतृत्व गर्ने डा. एडुआर्डो रोड्रिग्वेजले भने, ‘प्रत्यारोपण गरिएको आँखा स्वस्थ छ। रगत रेटिनामा बगिरहेको छ। रेटिना आँखाको त्यो भाग हो जसले मस्तिष्कमा छविहरू पठाउँछ। यो सकारात्मक संकेत हो। प्रत्यारोपण गरिएको आँखाले शल्यक्रिया गरेको ६ महिनाभित्र राम्रोसँग काम गर्ने अपेक्षा गरिएको छ। त्यसपछि मात्र बिरामीले देख्न सक्छन् कि सक्दैनन् भन्ने कुरा भन्न सकिन्छ।’

आँखा प्रत्यारोपण गरेका बिरामीको नाम आरोन जेम्स हो। उनलाई सन् २०२१ मा हाई भोल्टेज लाइनबाट करेन्ट लागेको थियो। जसका कारण उनको अनुहारको देब्रे भाग, नाक, मुख र देब्रे आँखा गम्भीर रुपले प्रभावित भएको थियो। डाक्टरहरूले भने, ‘जेम्सलाई ७२०० भोल्टको झट्का लागेको थियो। धेरै मिहिनेतपछि अनुहारको शल्यक्रिया गरी उनको आधा अनुहार प्रतिस्थापन गरिएको थियो। यसै क्रममा देब्रे आँखा पनि परिवर्तन भएको थियो।’ अन्तर्राष्ट्रिय संचारमाध्यम बीबीसीका अनुसार एक ३० वर्षीय पुरुषले जेम्सलाई आफ्नो अनुहार र आँखा दान गरेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *