इजरायलको देशभक्ति सारा विश्वलाई प्रेरित गर्नेछ

Publication2

इजरायल उदाहरण हो स्वाभिमानको, आत्मसम्मानको र आत्मविश्वासको। चारैतिरबाट शत्रु राष्ट्रले घेरिएको र नगण्य प्राकृतिक स्रोत साधन भए तापनि प्रखर देशभक्तिको आत्मविश्वासले यो देश आफ्नो छुट्टै पहिचान कायम गरेको छ। एउटा सामान्य भनाइ छ। कुरा के हो भने, इजरायली हुनु सजिलो छैन। इजरायलका ९७ लाख मानिसहरू मध्ये ७४ लाख यहूदीहरू मात्र  छन्। यी ७४ लाख यहूदीहरूलाई २२ इस्लामिक देशहरू अर्थात् शत्रु देशहरूले घेरिएका छन्। यी २२ देशमा ४५ करोडभन्दा बढी मुसलमान बस्छन्। इजरायल भूमध्यसागरको किनारमा रहेको एउटा सानो देश हो र चारैतिर शत्रु राष्ट्रहरूले घेरिएको छ। इजरायलको वर्तमान क्षेत्रफल २२ हजार वर्ग किलोमिटर छ। इजरायलको कुल जनसंख्या ९७ लाख  छ। दिल्ली शहरको जनसंख्या भन्दा कम। तीमध्ये ७३.८% यहुदी, १८% मुस्लिम र १.९% इसाई छन्। प्यालेस्टाइनको कुल जनसंख्या ५० लाख छ। तिनीहरूमध्ये ९९ %  मुस्लिम र १ % ईसाई छन्। इजरायलले हरेक वर्ष अक्टोबरमा ‘सिम्चाट टोराह’ मनाउने गर्दछ। यो यहूदी धर्मको सबैभन्दा पवित्र चाड हो। ७ अक्टोबर शनिबारको थियो। यो उपलक्ष्यमा गाजापट्टीको छेउछाउका क्षेत्रहरूमा संगीत उत्सवहरू आयोजना गरेको थियो। जहाँ  धेरै यहूदी र विदेशी पर्यटकहरू भेला भएको थियो। ठिक त्यतिबेला  हमासले अपरेशन अल-अक्सा फ्लड शुरु गरे र तिनीहरूले संगीत महोत्सवमा प्रवेश गरे अनि अन्धाधुन्ध गोली चलाएर कम्तिमा २५० जनालाई निर्मम हत्या गरे। इजरायल एउटा स्वाभिमानी  देश हो। आफ्नो देश माथि अथवा देश नागरिक कूनेइ प्रकारको आक्रमण इजरायल सहन गार्देइ। प्रत्युतोरमा  इजरायल पनि प्रत्याघात गर्नु थाल्यो र युद्ध आरम्भ भयो।

यहूदीहरूमा देशभक्तिको भावना प्रखर छ। देशभक्तिको भनेको के  हो यो प्रश्नको उत्तर  इजरायलको शासन प्रणाली र जीवन शैलीमा देख्न पाइन्छ। त्यसैले यो विषयमा सदैव मेरो उत्सुकता छ। किनभने कुनेइ देशको अस्तित्वको रक्षाकवच केवल देशभक्ति मात्र हुनसक्छ।   देशभक्तिको सूत्रद्वारा सम्पूर्ण देशवासीलाई संगठित गर्न सकिन्छ। भाइचारा, आपसी प्रेम द्वारा देशलाई मजबुत बनाउन सकिन्छ साथै राष्ट्र विरोधी शक्तिलाई परास्त गर्न सकिन्छ। हुन त आफ्नो मातृभूमिको लागी जीवन बलिदान गर्ने, सर्वस्य समर्पण गर्ने, जस्ता देशभक्तिको उदाहरण भारतवर्षमा मात्र देखिन्छ। हाम्रो देश एक समय विश्वगुरुको आसनमा आसिन थियो।  विश्वका धेरै देशले यहाँका देशभक्तिको प्रेरणा लिएर अघि सर्छन्। तर कालको विडम्बनाले हाम्रो देशवासीमा  ती गुणहरु क्षीण हुँदै गइरहेको छ। आज भारतले भारतलाई बिर्सिन्दैछ, आफ्नो संस्कार र परम्पराबाट टाडा हुँदैछ। त्यसैले देशमा देशविरोधी तत्व शक्तिशाली हुँदैछ। असल कुरा थाह हुँदै पनि पलेस्टाइन लाई समर्थन गर्नेको गूट यहाँ पनि प्रकाशमा आउँदैछ। कांग्रेस पार्टीगत रूपमा पलेस्टाइनको समर्थनमा आयो तर हमासले गरेको आतंकवादी हमलाको निन्दा किन गरेन भन्ने प्रश्न भारतीय जनताले उठाउँदैछन्। चीनसँग मिलेर वामपन्थीहरूले हमासको समर्थनमा उत्रेका छन्।  एउटा वामपंथी बंगला दैनिक पत्रिका गणशक्तिमा छापेको शीर्षक हो ‘हमास लडाकुहरू इजरायलमा प्रवेश’। गणशक्ति पढ्नुभयो भने उनीहरु हमासको मुखपत्र हो जस्तो लाग्छ। कुरा यहीं टुङ्गिदैन, भारतमा हमासको पक्षमा जुलुस र सभाहरु हुने गरेको देखिन्छ। उग्र इस्लामिक शक्ति र कोमुनिस्टहरु खुला रूपमा हमासको समर्थनको लागि उत्रेका छन्। जो दुर्भाग्यपूर्ण हो। त्यसैले भविष्यमा अहिलेको इजरायल जस्तो स्थिति भारतमा भयो भने हामी कि गर्ने? प्रश्न गम्भीर छ।

गुलामीको बन्धन वाट अजाद भएर इजरायल १४ मई १९४८ मा स्वतन्त्र राष्ट्रको रुपमा प्रकट भएको थियो। त्यसपछि संसारको हरेक कुनाबाट यहूदीहरू आएर यहाँ बसोबास गरे। तिनीहरूले विभिन्न जीवनशैली र भाषाहरू ल्याए तर कुनै पनि साझा भाषाको अभावको कारण तिनीहरूबीच ठूलो समस्या थियो। यस्तो अवस्थामा आफ्नो मातृभाषा हिब्रूलाई पुनर्जीवित गर्ने निर्णय लिइयो तर हिब्रू भाषा धेरै थोरैलाई मात्र थाहा थियो। सरकारले हिब्रू भाषा सिकाउनको लागि अभूतपूर्व पाँच वर्षे भाषा अभियान शुरु गर्यो। यसअन्तर्गत हिब्रू भाषा जान्ने देशका कुनै पनि व्यक्तिले बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म आफ्नो क्षेत्रको विद्यालयमा गएर हिब्रू भाषा पढाउनेछन्। स्कूलमा यो भाषा सिकेका नानीहरुले  हरेक साँझ आफ्ना आमाबाबा  र अन्य वृद्ध मानिसहरूलाई हिब्रू भाषा सिकाउँथे। सरकारले अगस्त १९४८ मा रेडियोबाट हिब्रू भाषाको आधारभूत र शुरुवातको ज्ञान अर्को पाँच वर्षसम्म प्रसारण गर्न थाल्यो। पाँच वर्षको अन्त्यमा सम्पूर्ण देशले हिब्रू सिकेको थियो। आज यहाँ इन्जिनियरिङदेखि मेडिकलसम्मको उच्च शिक्षा पनि हिब्रू भाषामा सञ्चालन हुन्छ।  कल्पना गर्न होस हाम्रो देशको मनोस्थिति। अहिले सम्म हामी इंग्लिशको मायाजाल वाट मुक्ति पाएको छैन। मातृभाषालाई सम्पूर्ण रुपमा स्वीकार गर्न र प्रयोगमा ल्याउन सकेका छैन। जब की इजरायल ५ वर्ष भित्रमा आफ्नो मातृभाषालाई सम्पूर्ण देशमा लागू गर्न सफल भयो किन भने त्यहाँ प्रत्येक नागरिकमा प्रखर देशभक्तिको भावना छ।   

यहाँ महिलाहरू पनि सेनामा पुरुषहरूसँग काँधमा काँध मिलाएर दुश्मनसँग लड्छन्। यी धेरै सुन्दर देखिने महिला सैनिकहरू यति बलियो छन् कि २००० सालमा, नियम परिवर्तन  गरियो र पुरुष र महिला एकाइहरू एकसाथ मिसाइयो। हजुर इजरायलको बारेमा कुरा गर्दैछु, जुन विश्वका मुठीभर देशहरू मध्ये एक हो जहाँ महिलाहरूको लागि पनि सैन्य सेवा अनिवार्य छ। यहाँ कुल सैनिकको एक तिहाइ र अधिकृत तहमा झण्डै आधा महिला छन्। महिला सैनिकहरूलाई पनि पुरुष सरह कडा तालिम दिइन्छ। उनीहरूलाई सबै प्रकारका हतियारहरू प्रयोग गर्न र कुनै पनि परिस्थितिको सामना गर्न यति बलियो बनाइएको छ कि उनीहरूले हरेक अवसरमा आफूलाई प्रमाणित गर्न सक्छन्। सायद तपाईंले यस्तो महिला ब्रिगेड संसारमा कतै नदेखेको हुनसक्छ किनभने तिनीहरू जति सुन्दर देखिन्छन्, त्यति नै साहसी र बलियो हुन्छन्। यहाँ विवाहित महिला, आमा र इजरायली-अरब महिलाहरूलाई अनिवार्य सैन्य सेवाबाट छुट दिइएको छ।

इजरायलमा, १८  वर्ष भन्दा माथिका नागरिकहरूले (इजरायलका अरब नागरिकहरू बाहेक) अनिवार्य सैन्य सेवा गर्न आवश्यक छ। धार्मिक सेवा गर्ने, अपाङ्गता भएका वा मानसिक रोगीहरूलाई मात्र यसबाट छुट दिइएको छ। इजरायली सरकारका प्रवक्ता शेली इश्कोलीले स्पष्ट भनेका छन की, ‘प्रशिक्षण लिने हरेक व्यक्ति सेनाको आवश्यकताअनुसार सेवा गर्न तयार हुनुपर्छ’। सैन्य सेवा मात्र होइन, इजरायल अन्य धेरै चीजहरूमा अद्वितीय छ। ९७  लाख जनसङ्ख्या भएको यो देशलाई भगवानले न्याय गरेनन्। देशको ७५ प्रतिशत भूभाग मरुभूमिमा छ तर यहाँ एक ग्यालन तेल पनि उत्पादन हुन सकेको छैन भने साउदी अरेबिया, जोर्डन, इजिप्ट, सिरियाजस्ता सीमावर्ती देशमा धेरै मात्रामा तेलको भण्डार छ। राजनीतिक रूपमा पनि यो पूर्ण अस्थिरता भएको देश हो जहाँ आजसम्म कुनै पनि दलले बहुमत नपाएको तर राष्ट्रिय हित, राष्ट्रिय सुरक्षा, इज्जत र स्वाभिमानको कुरा गर्दा सबैको एउटै आवाज रहेको छ। आज विपक्षीहरुको मागमा प्रधानमन्त्री नेतन्याहु र उनकी श्रीमतीविरुद्ध भ्रष्टाचारको आरोपमा छानबिन भैरहेको छ तर अरब मुद्दाको चर्चा हुनासाथ सबैको आवाज एउटै स्वरमा गुँजमान हुन्छ। यो देशको वास्तविक चरित्र हो जहां वाट हामीले धेरै कुरा सिक्न सक्छौं। 

प्रधानमन्त्री नरेन्द्र मोदीले इजरायललाई समर्थन गरेको घोषणा गरेकोमा देशभित्रका धेरै मानिसहरूले आलोचना गरिरहेका छन्। उनीहरूलाई थाहा रहोस् कि १९९९ मा पाकिस्तान विरुद्ध कारगिल युद्धमा, इजरायलले भारतलाई केही हतियार र टेक्नोलोजीको साथ सहयोग गरेका थिय, अन्यथा भारतले पाकिस्तान विरुद्ध युद्ध जित्न असम्भव हुने थियो। भारतको इजरायल र प्यालेस्टाइन लगायत मध्यपूर्वका मुस्लिम देशहरूसँग राम्रो सम्बन्ध छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवादी समूह हमासमाथि इजरायलको हमलालाई समर्थन गरेका छन् भने प्यालेस्टाइन माथिको आक्रमणलाई समर्थन गरेको छैनन। आतंकवादलाई कुनै पनि स्थितिमा भारत समर्थन गर्दैन। यसै बीच इजरायलमा हमासले आक्रमण गरेपछि भारतका जनता आतंकवाद विरुद्ध आक्रोशित छन्। फलस्वरूप, त्यस्ता आतंकवादको पक्षमा हुने प्रदर्शनलाई कडाइका साथ रोकनू पर्छ। यसबाहेक, हमासलाई यस्तो पाठ सिकाउन आवश्यक छ कि आतंकवादीहरूले संसारको अन्य कुनै पनि ठाउँमा यस्तो बर्बर हमला गर्न हिम्मत न गरोस्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *