भागोप्रमोका ट्रेड युनियनले यूको ब्याङ्कलाई दिए तीन दिनको अल्टिमेटम

IMG-20230927-WA0230.jpg

मांग पूरा नभए सिलगढी अनि कोलकातामा धरणा प्रदर्शन गर्ने

दार्जिलिङ: लेमन ग्रास अधीनस्थ ६ वटा चियाबगान बन्द हुने स्थितिमा पुगेको छ। बन्द हुनुको कारण यूको ब्याङ्कको ऋण नतिरेको बताइएको छ। स्मरण रहोस, यी छवटै बगानहरू यसभन्दा अघि बन्सल कम्पनी अधीनस्थ थियो। बन्सल कम्पनीले यूको ब्याङ्कबाट लोन लिएका थिए। तर जब चिया बगानको मालिक परिवर्तन भयो तब ऋण चुकाइएको थिएन। अहिले ब्याङ्कले ऋण फर्काई दिने माग गरिरहेका छन्। मुण्डाकोठी चिया बगान केही दिन अघि मात्र बन्द भयो। अन्य पाँचवटा बगान पनि बन्द हुने स्थितिमा रहेको बताइन्छ। यसै मुद्दालाई लिएर आज हिल तराई डुवर्स प्लानटेसन वर्कर्स युनियनको एक टोलीले यूको ब्याङ्कका प्रबंधकलाई भेट गरेका छन्। टोलीमा युनियनका अध्यक्ष जेबी तामाङ, महासचिव भरत ठकुरी, खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ अनि अन्य रहेका थिए। उक्त टोलीले भेट गरेर एउटा ज्ञापन पत्र पनि चढाएका छन्। उक्त भेटपछि पत्रकारहरूसँग कुराकानी गर्दै जेबी तामाङले भने, “ब्याङ्कबाट लोन लिने बन्सल कम्पनी हो। जुन समय मालिकले ब्यांकबाट लोन निकालेको थियो चिया श्रमिकसँग कुनै पनि सल्लाह गरेर लोन निकालेको होइन। तर आज दशैंको मुखैमा आएर बगानलाई ऋण फर्काई दिने चाप दिएर ७५०० चिया श्रमिक अनि उनीहरूमाथि भर पर्ने करीब 35 हजार मानिसहरूमाथि बज्रपात गरिरहेका छन्। मालिक अनि ब्यांकले मिलेर समस्या समाधान गर्नुपर्छ। यसरी झमेला लगाएर हुँदैन। नयाँ मालिकले पनि लोन तिर्छु भनेकै छ। यो अवस्था श्रमिकमाथि बज्रपात हो। श्रमिकको के दोष? हिजो मुण्डा बन्द भयो अन्य पनि बन्द हुने सम्भावना छ। यदि यो समस्या चाँढ़ो सुल्झिएन भने हामी यूको ब्याङ्कको सिलगढी शाखामा गएर धरणा प्रदर्शन गर्नेछौं। त्यहाँ पनि हुँदैन भने हामी कोलकाता हेड अफिसमा गएर धरणा प्रदर्शन गर्नेछौं।”
तामाङले ब्याङ्कलाई चेताउनी दिँदै भने, “यो दशैंको समय हो। यही समय श्रमिकले बोनस पनि पाउनेछन्। यो समय कमान बन्द हुनु श्रमिकले दशैं कसरी मनाउने? ३५ हजार श्रमिक लिएर हामी ब्याङ्क चाहिँ आउनु नपरोस्।”
तामाङले श्रमिक पक्षको मांग राख्दै भने, “ब्याङ्कले पुरानो कम्पनीका मालिकलाई पक्रनु पर्यो। ब्याङ्कले जसलाई ऋण दिएको छ त्यसै सँग माग्नु पर्यो, श्रमिकले लिएको ऋण होइन यो। दोस्रो, दसैं अघि नै यो समस्या समाधान भएको हुनुपर्छ। तेस्रो, श्रमिकले दसैंको बोनस पाएको हुनुपर्छ। चौथो, तीन दिन भित्र समस्या समाधान हुनु पर्छ। लेमन ग्रास, नयाँ मालिकलाई बगान चलाउनु दिनु पर्छ।”
जीटीए, राज्य सरकार, श्रमिक यूनियन सबैले हस्तक्षेप गरेर समस्याको समाधान गर्नुपर्छ भन्ने अपिल गर्दै उनले भने, “यदि समस्याको समाधान भएन भने हामी हाम्रो विरोध तेज गराउनेछौं।”
ब्याङ्कलाई भुक्तान गर्नु पर्ने ऋण रू ५०.७९ करोड रहेको छ जुन रकम नयाँ मालिकले भुक्तान गर्ने वचन दिएको जानकारीमा आएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *