२३ अगस्तः दक्षिण अफ्रिका पुरुष र महिला क्रिकेटरहरूलाई समान वेतन प्रदान गर्ने देशहरूका सूचीमा सामेल भयो। दक्षिण अफ्रिकाले पुरुष र महिला क्रिकेटरहरूलाई इण्टरनेशनल म्याचको निम्ति समान वेतन दिने घोषणा गरेको छ। यसरी प्रोटियाज अब न्यूजील्याण्ड र भारतको साथ पुरुष र महिला क्रिकेटरहरूलाई एक समान वेतन दिने देशहरूको सूचीमा सामेल भयो। दक्षिण अफ्रिकाकी महिला क्रिकेटरहरूकी म्याच फीसमा बद्लाउ आउँदो महिनादेखि शुरु हुनेछ, जस टीमले सीमित ओभरहरूका ६ वटा म्याच खेल्न पाकिस्तान यात्रा गर्नेछ। दक्षिण अफ्रिकाको नवीनतम विकास राष्ट्रिय महिला टीमको निम्ति अत्यन्त सफल १८ महिनापछि आएको छ, जसमा उनीहरूले २०२२-मा न्यूजील्याण्डमा महिला क्रिकेट वर्ल्ड कपको सेमिफाइनलमा स्थान बनाएकी थिइन्। त्यसपछि यस सालको शुरुवातमा महिला टी२० वर्ल्ड कपमा पनि आयोजक देशको रूपमा टीमले फाइनलमा स्थान बनाएको थियो। क्रिकेट दक्षिण अफ्रिका (सीएसए)-ले महिला क्रिकेटको घरेलु संरचनामा पनि व्यापक फेरबदल गरेको छ।









