नयाँ अप्रिलिया एसआर स्टोर्म (SR Storm) १२५ स्कुटर भारतमा लञ्च

IMG-20230823-WA0171.jpg

काेलकत्ता आफ्नो पर्फर्मेन्स लक्जरी स्कुटरको पोर्टफोलियो विस्तार गर्दै पियाजियो व्हिकल प्रा.लि.- ले नयाँ अप्रिलिया एसआर स्टोर्म १२५ स्कुटर लञ्च गरेको छ, जुन ४ आकर्षक रंगको विकल्पहरूमा उपलब्ध छ र असाधारण फीचर्सले सुसज्जित छ। यहाँ हामी यसको मूल्य र विशेषताबारे विस्तारमा जानकारी दिइरहेका छौंः
नयाँ अप्रिलिया एसआर स्टोर्म १२५-को मूल्य र विशेषताहरू:
भारतमा भेस्पा र अप्रिलिया ब्राण्डका स्कुटरहरू बेच्ने कम्पनी पियाजियो व्हिकल प्रा.लि.-ले नयाँ स्कुटर अप्रिलिया एसआर स्टोर्म १२५ स्कुटर लञ्च गरेको छ। यस लक्जरी पर्फर्मेन्स स्कुटरको मूल्य १,०७,९९९ रुपियाँ (एक्स-शोरूम पुणे) छ र २० अगस्त २०२३-देखि भारतमा २५० भन्दा अधिक भेस्पा र अप्रिलिया डिलरशिपहरूमा बिक्रीको लागि उपलब्ध रहेको छ। नयाँ अप्रिलिया एसआर स्टोर्म १२५ स्कुटर म्याट ब्ल्याक, म्याट रेड, म्याट यल्लो र ग्लोसी ह्वाइट रंगमा उपलब्ध छ र हेर्नमा एकदमै आकर्षक छ।
शक्तिशाली इञ्जिन र गजबको स्पीडः
नयाँ अप्रिलिया एसआर स्टोर्म १२५ स्कुटरमा १२५ सीसी ३-भल्भ ४-स्ट्रोक इञ्जिन रहेको छ, जसले ९.९२ पीएसको अधिकतम पावर र ९.७ न्यूटन मिटरको पीक टर्क उत्पन्न गर्छ। यो स्कुटर स्पीडको मामिलामा पनि गजबको छ र ९.६ सेकेन्डमा ०-६० किलोमिटर प्रतिघण्टाको गतिमा पुग्छ। अप्रिलिया एसआर स्टोर्मको लुक र सुविधाहरूको बारेमा कुरा गर्दा, यसमा बोल्ड ग्राफिक्स सहितको ट्युबुलर स्टिल फ्रेम छ। एलईडी लाइट, डिस्क ब्रेक, १२ इञ्चको ट्युबलेस टायर, सेमी-डिजिटल क्लस्टर र आरामदायी सस्पेन्सनको साथमा यसमा ६.५ लिटर क्षमताको इन्धन ट्यांकी छ ।
‘सबैभन्दा प्रभावी १२५ सीसी स्कूटरहरू मध्ये एक’
पियाजियो व्हिकल प्रा.लि.-मा टू-व्हीलर डोमेस्टिक बिजनेसका कार्यकारी उपाध्यक्ष अजय रघुवंशीको भनाइअनुसार, अप्रिलिया एसआर स्टोर्म १२५ सड़कमा सबैभन्दा प्रभावशाली १२५सीसी स्कुटरहरू मध्ये एक हो। उनले भने, यो स्कूटर शहरी आवागमनका लागि उत्कृष्ट विकल्प हो र यो फुर्तिलो हुनको साथै स्पोर्टी पनि छ। आरामदायक सस्पेन्सनका साथ कुनै पनि कुराको सामना गर्न सक्षम, यो स्कूटरले सड़कमा राम्रो नियन्त्रण सुनिश्चित गर्दछ। नयाँ अप्रिलिया एसआर स्टोर्म १२५ ग्राहकहरूलाई आकर्षित गर्न सक्षम हुने हामीलाई विश्वास छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *