सन्नी देओलको बंगलो अब लिलाम नहुने

ब्यांकले नोटिस फिर्ता लिएपछि कांग्रेसले उठायो प्रश्न    

नयाँ दिल्ली: बलिवुडकाअभिनेतासन्नी देओलको बंगलो अब लिलाम नहुने भएको छl ब्यांक अफ बरोडाले सन्नी देओलको सम्पत्ति लिलामीमा रोक लगाएको छl ब्यांक अफ बरोडाका अनुसार यसमा तकनिकी त्रुटी भएको थियोl सन्नी देओलले ब्यांक अफ बरोडाबाट ५६ करोड रुपियाँको ऋण लिएका थिए, जुन उनले तिर्न पाएका थिएनन्l यसलाई लिएर ब्यांकले सन्नी देओलको सम्पत्ति निलाम गर्ने विज्ञापन दिएको थियोl २४ घण्टा भित्रमा ब्यांकले आफ्नो फैसला बदली गर्योl हिजो सन्नी देओलको बंगलो लिलामीलाई लिएर समाचार आएको थियोl यो मामला सन्नी देओलको जुहूको सम्पत्तिसित सम्बन्धित छl उनका बाबु धर्मेन्द्रलाई पनि ग्यारेन्टरको रुपमा नामित गरिएको छl ब्यांकले बकाया राशि असुल्नका लागि सन्नी देओलको जुहू स्थित सम्पत्ति बिक्रीको लागि राखेको थियोl

ब्यांक अफ बरोडाद्वारा ई-लिलामी नोटिस फिर्ता लिएपछि कांग्रेसले प्रश्न उठाएको छl २४ घन्टा भन्दा कम समयमा नोटिस फिर्ता लिने के तकनिकी कारण थियो, जसले गर्दा निर्णय फिर्ता लिइयोl कांग्रेसका महासचिव जयराम रमेशले प्रश्न गरे, ‘आखिर तकनिकी कारणको हवाला दिन ब्यांकलाई कसले प्रेरित गर्यो?’ उनले सोसियल मिडिया एक्समा लेखे, ‘हिजो दिउँसो ब्यांक अफ बरोडाले सन्नी देओलको जुहूस्थित आवासला ई-लिलामीको लागि राखेको छ, कारण उनले ब्यांकको ५६ करोड रुपियाँ भुक्तान गरेका छैनन्l आज बिहान २४ घण्टा भन्दा कम समयमा देशलाई थाहा भयो ब्यांक अफ बरोडाले तकनिकी कारणले निलामीको नोटिस फिर्ता लियोl’ उनले प्रश्न गरेका छन्, ‘आखिर यस तकनिकी कारणको हवाला दिनका लागि कसले प्रेरित गर्यो?’                          

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement