केन्द्रीय विद्यालयमा राष्ट्रिय शिक्षा नीति कार्यन्वयनको वर्षगाँठ

IMG-20230729-WA0437.jpg

गान्तोक: राष्ट्रिय शिक्षा नीतिको तेस्रो वार्षिकोत्सवको अवसरमा केन्द्रीय विद्यालय गान्तोकले स्कूलको विभिन्न कार्यक्रमबारे जानकारी गराएको छ। यसबीच स्कूलले यस नीति कार्यन्वयनको तेस्रो वर्षगाँठको अवसरमा एक पत्रकार सम्मेलन गरेको थियो। स्कूल परिसरमा भएको कार्यक्रममा केन्द्रीय विद्यालयका बालुवाटार सिङतामका प्राचार्य अमल कुमार दास विशिष्ट अतिथिको रुपमा उपस्थित थिए। कार्यक्रममा बालुवाटार केन्द्रीय विद्यालयका प्रतिनिधिहरु, स्थानीय नागरिकहरु, विद्यार्थीहरुका माता पिता र शिक्षकहरुको उपस्थिति रहेको थियो। डा. शशिद्वारा राष्ट्रिय शिक्षा नीतिबारे विस्तार गरिएको थियो। वाणिज्य शिक्षक चन्द्र पाठकले पनि सम्बोधन गरेका थिए। बैठकको मुख्य उद्देश्य राष्ट्रिय शिक्षा नीति २०२० को तेस्रो वार्षिकोत्सव आयोजन र यसलाई केन्द्रीय विद्यालय संगठन स्तर र विद्यालय स्तरमा कसरी कार्यान्वयन भइरहेको छ भन्ने विषयमा जानकारी गराउनु रहेको थियो। शिक्षाको क्षेत्रमा निरन्तर बदलिँदै गएको परिदृष्य र बालबालिकाको समग्र विकासका बारेमा अभिभावकलाई जानकारी गराउन र यसका साथसाथै सो नीतिको मुख्य विशेषता विद्यार्थीहरूबीचको विकासलाई सक्रियता प्रदान गर्नु रहेको थियो। स्कूलका प्राचार्य विकास कुमार मुर्मुद्वारा सन् १९६२ मा २० वटा केन्द्रीय विद्यालयबाट सुरु भएको केन्द्रीय विद्यालय हाल देशभर १२५३ पुगेको छ र जसमध्ये ३ वटा काठमाडौं, मस्को र तेहरानको विदेशी भूमिमा स्थापित रहेको उल्लेख गरे। राष्ट्रिय शिक्षा नीति २०२० को अवधारणा भारतलाई एक जीवन्त ज्ञान समाज र विश्वव्यापी ज्ञान महाशक्तिमा रूपान्तरण गर्ने २१औं शताब्दीका आवश्यकताहरू अनुरूप बहु-अनुशासनात्मक शिक्षाको माध्यमबाट विद्यार्थीहरूका विशिष्टतालाई बाहिर ल्याउन रहेको जानकारी गराए। केन्द्रीय विद्यालय संगठनले गर्वका साथ राष्ट्रिय शिक्षा नीति २०२० को भिजन संगठनका हरेक विद्यालयहरुमा कार्यन्वयन गरिरहेको बताए। सबै केन्द्रीय विद्यालयहरुमा कक्षा कोठा, प्रयोगशाला, पुस्तकालय र खेल सुविधा सहित पूर्वाधारहरु तयार गरेको जानकारी गराउँदै उनले सामुदायिक आउटरिच कार्यक्रम अन्तर्गत हाम्रो विद्यालयले आइतबार देवरालीको छोर्तेन गुम्बामा रहेको खेल मैदानको गेट खोलेको जानकारी गराए। पूर्वाधार र यसको उचित उपयोग शिक्षा नीति २०२० को एक महत्वपूर्ण पक्ष हो भन्दै विद्यालयमा अल्पसंख्यक मामिला मन्त्रालयद्वारा प्रदान गरिएको ४० क्रोम पुस्तकहरू रहेको जानकारी दिए। सो नीतिको लक्ष्य, सबै बालबालिका विद्यालयमा हुनुपर्छ भन्दै समग्र विकासहरूमा केन्द्रित रहेको अनि त्यसैले विद्यार्थीहरूको चौतर्फी विकासको लागि योग, खेल र खेलकुद, विज्ञान प्रदर्शनी, बाल विज्ञान प्रदर्शनी, सामाजिक विज्ञान प्रदर्शनीलाई प्रमुखता दिएको उल्लेख कार्यक्रममा गरे। अन्तर्राष्ट्रिय अंग्रेजी ओलम्पियाडमा, विद्यालयका विद्यार्थी अमर्त्य चक्रवर्तीले स्वर्ण पदक जितेको जानकारी पनि दिइयो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *