८०० करोड कमाउने पहिलो बलिउड हिन्दी फिल्म बन्यो ‘धुरन्धर’

MV5BMTNmNjM0OTktNmQ5NC00MWY1LWE4MDEtYWM0MjU4M2U0NTdiXkEyXkFqcGc@._V1_

कोलकाता: निर्माता तथा निर्देशक आदित्य धरको फिल्म ‘धुरन्धर’ देशभित्र ८०० करोड कमाइ गर्ने पहिलो बलिउड हिन्दी फिल्म बनेको छ। शाहरुख खानको ‘जवान’लाई पछाडि पार्दै ‘धुरन्धर’ पहिले नै सबैभन्दा बढी कमाइ गर्ने हिन्दी फिल्म बनेको थियो। तर भारतभित्रको कमाइको हिसाबले ‘धुरन्धर’ अहिले दोस्रो स्थानमा छ। यसको अगाडि ‘पुष्पा २’ (हिन्दी) छ।
‘पुष्पा २’ हिन्दीले कुल ८१२.१४ करोड कमाइ गरेको थियो, जबकि तेलुगु तथा अन्य भाषालाई मिलाएर यसले देशभर १२३४.१ करोड कमाइ गरेको थियो। यता ‘धुरन्धर’ले रिलिज भएको ३०औँ दिनसम्म देशभर कुल ८०६.८० करोड कमाइसकेको छ। पाँचौं सातामा पनि यस फिल्मको बक्स अफिसमा दबदबा कायम छ। शनिबार फिल्मले १२.६० करोड कमायो, जुन अन्य नयाँ रिलिज भएको फिल्महरूको तुलनामा निकै बढी हो। आइतबार पनि यसको कमाइ बढ्ने अपेक्षा गरिएको छ। यसरी ‘धुरन्धर’ले ‘पुष्पा २’ हिन्दीलाई उछिन्दै सबैभन्दा बढी कमाइ गर्ने हिन्दी फिल्म बन्ने अनुमान गरिँदैछ।
ध्यान दिनु पर्ने कुरा के छ भने, २०२३ मा रिलिज भएको शाहरुख खानको ‘जवान’ले भारतमा ६४० करोड र यसै वर्ष आएको भिकी कौशलको ‘छावा’ले ६०० करोड कमाइ गरेको थियो।
धुरन्धरको विश्वव्यापी कमाइ पुगेको ११८६.२५ करोड:
‘धुरन्धर’ले भारत तथा विश्वभर मिलाएर आफ्ना कमाइको आँकडा ११८६.२५ करोडमा पुर्‍याएको छ। यसको कमाइ कहाँ गएर रोकिँछ, अहिलेसम्म यसबारे प्रष्ट भन्न सकिने अवस्था छैन। फिल्म क्रिटिक तरण आदर्श लेख्छन्, “८०० नट–आउट – ‘धुरन्धर’ ‘पुष्पा २’ को झन् नजिक।” पाँचौं शनिबार ‘धुरन्धर’ले ८०० करोड क्लबमा शानदार प्रवेश गर्‍यो र यो ऐतिहासिक माइलस्टोन हासिल गर्ने पहिलो पूर्णरूपमा हिन्दी फिल्म बन्यो। अब यो ‘पुष्पा २’ हिन्दीको लाइफटाइम बिजनेसको धेरै नजिक पुगेको छ, जसले हालसम्मकी सबैभन्दा बढी कमाइ गर्ने हिन्दी फिल्मको रेकर्ड राखेको छ।
हिन्दी सिनेमाका लागि नयाँ “अल–टाइम” रेकर्ड:
उता, निर्माता कम्पनी जियो स्टुडियोले एक्समा लेख्यो, “धुरन्धर रुटिन: उठ, रेकर्ड बनाउ, दोहोर्‍याउ। हिन्दी सिनेमाका लागि नयाँ ‘अल–टाइम’ रेकर्ड!”
अल्लु अर्जुन र सुकुमारको २०२४ की तेलुगु फिल्म ‘पुष्पा २: द रुल’ यो उपलब्धि हासिल गर्ने अर्को मात्र फिल्म हो, जसले घरेलु बजारमा १२३४.१ करोडको नेट कलेक्शन गरेको थियो, जसमा ८१२.१४ करोड हिन्दी मार्केटबाट मात्र आएको थियो।

About Author

Advertisement