८औँ बाहिनी सशस्त्र सीमा बल खपरैलद्वारा कोकिन बरामद, तस्कर पक्राउ

IMG-20250510-WA0232

पानीटकी: भारत-नेपाल सीमामा तैनाथ सशस्त्र सीमा बल (एसएसबी) को ८औँ बाहिनी अन्तर्गत बाह्य सीमा चौकी बारामनि रामजोतले गोप्य सूचनाको आधारमा सीमा स्तम्भ संख्या ८७/३ देखि ५.५ किलोमिटरको दूरीमा नक्सलबाड़ी टोल नजिकैको क्षेत्रमा विशेष गस्तीको क्रममा एक तस्करलाई पक्राउ गरेको छ।
तस्करको साथबाट प्याकेजिङ सामग्री सहित २१५ ग्राम कोकिन बरामद भएको छ। कोकिनसहित पक्राउ परेका तस्कर भारतीय नागरिक हुन्। पुरुष तस्करको नाम मनेरुल हक हो, जसको उमेर ३९ वर्ष रहेको छ। उनका पिताको नाम नुरुल इस्लाम हो र उनी ग्राम वार्ड नम्बर १२, पोस्ट-सिंघिया, चौन्दी, थाना जिल्ला-किसनगंजका बासिन्दा हुन्।
पक्राउ परेका तस्कर र बरामद सामानहरूलाई थप कारबाहीका लागि स्थानीय पुलिस नक्सलबाड़ीलाई बुझाइएको छ।
८औँ वाहिनीका कमान्डेन्ट मितुल कुमारले सीमावर्ती क्षेत्रको रक्षा र आफ्नो कार्यक्षेत्रमा शान्ति कायम राख्नुका साथै असामाजिक गतिविधि र तस्करी रोक्न सशस्त्र सीमा बल सधैँ क्रियाशील रहेको र कुनै पनि चुनौतीको सामना गर्न तयार रहेको बताएका छन्।

About Author

Advertisement