२८ फेब्रुअरीमा कामाख्यागुड़ीमा रेलवे आरओबी निर्माण कार्यको उद्घाटन

Screenshot_20260219_172840_Instagram

कामाख्यागुड़ी: आगामी २८ फेब्रुअरीमा कुमारग्राम ब्लकको कामाख्यागुड़ी स्थित घोड़ामारा रेलवे गेटमा आरओबी निर्माण कार्यको उद्घाटन हुने भएको छ। यसबारे जानकारी कुमारग्रामका विधायक मनोजकुमार ओरावले दिनुभयो।
जानकारी अनुसार, मंगलवार विधायकले रेलवेको अलीपुरद्वार डिभिजनका डीआरएम देवेंद्र सिंहसँग भेट गरेर आरओबी निर्माण सम्बन्धमा छलफल गर्नुभयो। त्यसपछि तुरुन्तै विधायक मनोजकुमार ओरावले आरओबी निर्माण कार्यको उद्घाटनको घोषणा गर्नुभयो।
उल्लेखनीय छ कि कामाख्यागुड़ीको घोड़ामारा रेलवे गेटमा आरओबी निर्माणको माग लामो समयदेखि चल्दै आएको थियो। स्थानीय व्यापारी संघ, विभिन्न राजनीतिक दल र गैर-राजनीतिक सङ्गठनहरूले आरओबी निर्माणको मागलाई लिएर सक्रियता देखाएका थिए। २०२५ मा राज्य सरकारको तर्फबाट आरओबी निर्माणका लागि एनओसी जारी गरिएको थियो।
विधायक मनोजकुमार ओरावले भन्नुभयो, “कामाख्यागुड़ीमा १०० करोड रुपैयाँ लागतमा आरओबी निर्माण हुनेछ। आरओबी निर्माणको सम्पूर्ण खर्च रेलवे विभागले वहन गर्नेछ। राज्य सरकारले एनओसी दिन ढिला गरेको कारण आरओबी निर्माण कार्य सुरु गर्न विलम्ब भएको थियो। अन्ततः यस क्षेत्रका बासिन्दाहरूको लामो प्रतीक्षाको अन्त्य हुन लागेको छ।”

About Author

Advertisement