दार्जिलिङ: “२०२६ बीजेपी घोषणापत्र” का लागि एक अत्यन्त उत्पादक परामर्श बैठक दार्जिलिङमा सफलतापूर्वक सम्पन्न भएको छ। घोषणापत्र साँच्चिकै दार्जिलिङ क्षेत्रका जनताको आकांक्षाहरू प्रतिबिम्बित गर्न सुनिश्चित होस् भनि यस सत्रमा पहाडका विभिन्न क्षेत्रका समर्पित आवाजहरू सहभागी भए।
प्राप्त जानकारी अनुसार बैठकमा निर्वाचित दार्जिलिङ नगरपालिकाका पार्षदहरू, दार्जिलिङ जिल्ला बीजेपीका सदस्यहरू, पूर्व–सेनासम्बन्धी समूह, बीजेपी की महिला प्रतिनिधिहरू र दार्जिलिङ युवाहरू सहभागी भएका थिए।
यसैगरी दार्जिलिङ लोकसभा सांसद राजु विष्टले बीजेपीले दार्जिलिङ क्षेत्रका जनताको चासो र आकांक्षाहरू संकलन गर्दै समावेशी अभ्यास रहेको बारेमा यस विविध समूहको उपस्थितिले देखाएको उल्लेख गरे।
यस सभामा दुई वरिष्ठ राष्ट्रिय बीजेपी नेताहरू, डा. स्वपन दासगुप्ता, पूर्व सांसद र राष्ट्रिय कार्यसमिति सदस्य, तथा डा. अनिर्बान गांगुली, डा. श्यामा प्रसाद मुखर्जी अनुसन्धान प्रतिष्ठानका अध्यक्ष र राष्ट्रिय कार्य समिति सदस्यको मार्गदर्शनमा विस्तृत चर्चा सम्पन्न भयो। उनीहरूको उपस्थितिले चर्चामा महत्त्वपूर्ण मूल्य र दिशा थप्न सफल भयो।
सांसद विष्टले यसबारे अघि भने- यो भुइँ–सतरको परामर्शले देखाउँछ कि प्रधानमन्त्रीको नेतृत्वमा बीजेपी जनताबाटै सिधै प्राप्त जानकारीको आधारमा घोषणापत्र निर्माण गर्न प्रतिबद्ध छ। दार्जिलिङ पहाड, तराई, डुअर्सका जनताको साझा आकांक्षाहरू पूरा गर्नु र ११ छुटेका गोर्खा उप–जातिहरूलाई अनुसूचित जातिमा पुनःसमावेश गर्नु बिजेपीको शीर्ष प्राथमिकता हो।
यससँगै सांसद विष्टले चिया बगान र सिन्कोना बगान मजदुरहरूको पर्जा पट्टाको अधिकार, वन गाउँ र डीआई फन्ड जमिनबासीहरूको अधिकार, साथै चिया बगान र सिन्कोना बगानका मजदुरहरूको उच्च पारिश्रमिक सुनिश्चित गरिने बताए। साथै सांसदले युवा रोजगार, पूर्व–सेनालाई अर्थपूर्ण संलग्नता, महिला सशक्तिकरण, दिगो पर्यटन विकास, स्थानीय उद्यमशीलता प्रवर्द्धन, र क्षेत्रको समग्र विकास सुनिश्चित गर्नु प्राथमिकतामा रहने जनाए।








