१८३ मिलियन भारतीय अहिले आफैं ऋणयोग्यताको स्कोर निगरानी गरिरहेका छन्

FB_IMG_1773927505580

नयाँ दिल्ली: जब ऋण वा उधारसम्बन्धी जानकारीको निगरानी दैनिक वित्तीय व्यवहारको अभिन्न हिस्सा बन्दै गएको छ, तब भारत सक्रिय र सचेत ‘ऋण स्वामित्व’ स्थापना गर्ने नयाँ युगमा प्रवेश गरिरहेको छ। हालैको एक प्रतिवेदनअनुसार, जुन कुनै समय मुख्यतः ऋणसम्बन्धी तत्कालीन र छुट्टै गतिविधि मात्र थियो, त्यो अहिले ग्राहक-आधारित नियमित बानीमा रूपान्तरित हुँदै ‘वित्तीय स्वच्छता’ वा स्वस्थ वित्तीय अवस्थाको एक महत्वपूर्ण तत्व बन्दै गएको छ।
प्रतिवेदनले भारतमा ऋणसम्बन्धी व्यवहारमा आएको मौलिक परिवर्तनलाई औंल्याएको छ, जहाँ मानिसहरू केवल ‘निष्क्रिय सचेतना’ बाट अघि बढेर ‘सक्रिय स्वामित्व’ तर्फ अग्रसर भइरहेका छन्। ऋणयोग्यताको अवस्थाको निगरानी अब केवल ऋण लिने माध्यम मात्र होइन; बरु यो आत्म-सचेतना, वित्तीय अनुशासन र सशक्तिकरणको प्रभावकारी उपायका रूपमा विकसित भएको छ।
डिसेम्बर २०२५ सम्म उपलब्ध तथ्यांकअनुसार विभिन्न उमेर समूहका जुन भारतीयहरूले आफैं आफ्नो ऋणयोग्यताको स्कोर निगरानी गरेका छन्, उनीहरूको संख्या बढेर १८३ मिलियन पुगेको छ। यसको मुख्य कारण पहिलोपटक आफ्नै ऋण वा उधारसम्बन्धी अवस्थाको निगरानी गर्ने ग्राहकहरूको संख्यामा वर्षेनि २७ प्रतिशत वृद्धि हुनु हो। यो प्रवृत्तिले आधारभूत वित्तीय बानीका रूपमा ‘ऋण सचेतना’ तीव्र रूपमा व्यापक हुँदै गएको र क्रमशः स्वीकृति प्राप्त गरिरहेको संकेत गर्दछ।
ग्राहकहरूले नियमित रूपमा आफ्नै ऋणयोग्यताको स्कोर निगरानी गर्दा त्यसको सकारात्मक प्रभाव उनीहरूको वित्तीय परिणाममै स्पष्ट रूपमा देखिएको छ। नियमित रूपमा आफ्नो ऋणसम्बन्धी अवस्था निगरानी गर्नेहरूमध्ये करिब ४५ प्रतिशतले निगरानी सुरु गरेको छ महिनाभित्रै आफ्नो स्कोरमा सुधार गर्न सफल भएका छन्। नियमित निगरानी गर्ने ग्राहकहरूको औसत स्कोर ७२८ थियो, जसले सक्रिय निगरानी र स्वस्थ ऋण प्रोफाइलबीच गहिरो सम्बन्ध रहेको देखाउँछ।
ऋणसम्बन्धी अवस्थाको निगरानी जब छुट्टै गतिविधिबाट बाहिरिएर नियमित वित्तीय बानीमा रूपान्तरित भयो, तब यसले ग्राहकहरूका लागि राम्रो वित्तीय परिणामको मार्ग पनि प्रशस्त गरेको छ। यस परिवर्तनको अग्रभागमा युवा ऋणग्राहीहरू, जस्तै नयाँ पुस्ताका युवाहरू, महिला ऋणग्राहीहरू तथा देशका गैर-महानगरीय वा साना सहर र ग्रामीण क्षेत्रका बासिन्दाहरू रहेका छन्।
यस सन्दर्भमा संस्थाका व्यवस्थापकीय निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत भवेश जैनले भने, “ऐतिहासिक रूपमा धेरै ग्राहकहरूले आफ्नो ऋण प्रोफाइलबारे जानकारी त्यतिबेला मात्र लिने गर्थे, जब उनीहरूलाई व्यक्तिगत ऋण वा ऋणपत्रजस्ता कुनै वित्तीय उत्पादनको आवश्यकता पर्थ्यो। तर अहिले ऋणसम्बन्धी अवस्थाको निगरानी कुनै एकल कारोबारसँग मात्र सम्बन्धित रहेन; बरु यो निरन्तर ‘वित्तीय स्वच्छता’ कायम राख्ने प्रक्रियाका रूपमा व्यापक रूपमा स्वीकृत हुँदै गएको छ।
ग्राहकहरूको ध्यान अहिले ऋणमा आधारित कारोबारको दृष्टिकोणबाट हटेर बलियो र सुसंगठित ऋण प्रोफाइल निर्माण गर्ने दिशातर्फ केन्द्रित भएको छ। वास्तवमा भारत अब केवल ऋण लिने देश मात्र होइन; बरु आफ्नै ऋणमाथि पूर्ण नियन्त्रण र स्वामित्व स्थापना गर्ने देशमा रूपान्तरित हुँदैछ। यस परिवर्तनको प्रमुख चालक शक्ति ‘ऋण निगरानी’ हो, जसले ऋणयोग्यताको स्कोरलाई सामान्य स्थिर संख्याबाट परिवर्तन गरी वित्तीय स्वास्थ्यको जीवित सूचकमा रूपान्तरण गरेको छ। ग्राहकहरू अहिले सक्रिय रूपमा यस सूचकको निगरानी गरिरहेका छन् र यसको सुधारका लागि प्रयासरत छन्।”

About Author

Advertisement