१५००० करोड़भन्दा अधिकमा बिक्री भयो आईपीएलको टीम राजस्थान रोयल्स

IMG-20260324-WA0102

नयाँ दिल्ली: आईपीएल २०२६-को सीजन शुरु हुन गइरहेको छ अनि त्यसअघि नै राजस्थान रोयल्सलाई नयाँ मालिक प्राप्त भएको छ। अमेरिकी मूलका बिजनेसम्यान काल सोमानीले राजस्थान रोयल्सको टीम किनेका छन्। यो अनुबन्ध १.६३ बिलियन डलर (लगभग १५२९० करोड़ रुपियाँ)-मा भएको छ। यसरी यो डील (सम्झौता) आईपीएल इतिहासको अहिलेसम्मको सबैभन्दा महँगो डील बनेको छ। यो अनुबन्ध आईपीएल २०२६ पछि मात्र लागू हुनेछ। अर्थात, यस सीजनको स्वामित्व पुरानो मालिकसँग नै रहनेछ। दिग्गज कमेण्टेटर हर्षा भोगलेले एक्स-मा पोस्ट गरेका छन्, राजस्थान रोयल्सको टीम १.६३ बिलियन अमेरिकी डलरमा बिक्यो। यसरी एउटा कार्यक्रमको अवधि पूर्व भारतीय कप्तान सौरभ गांगुलीसँग यसबारे प्रश्न गरिँदा उनले खुशी व्यक्त गरे। उनले भने, आईपीएलको निम्ति ठूलो खुशीको खबर हो। यो आँकड़ाले आश्चर्यचकित बनायो। गत १५ सालहरूमा सोमानीले एड-टेक, डेटा गोपनीयता, एआई गवर्नेन्स र स्पोर्टस टेकमा केन्द्रित उद्यमहरूको स्थापना र नेतृत्व गरेका छन्। सोमानीले खेलहरूमा रूची देखाएको यो पहिलोपल्ट चाहिँ होइन। उनले यसअघि मोटर सिटी गोल्फ क्लबको सह-स्वामित्व अनि टीएमआरडब्ल्यू स्पोर्टस र टीजीएल गोल्फ लीगमा निवेश गरिसकेका छन्। पीटीआई-को रिपोर्टअनुसार, राजस्थान रोयल्सको बिक्री बीसीसीआईको मञ्जुरीको अधीन छ अनि यो २०२६ संस्करणपछि प्रभावी हुनेछ। यसबीच आईपीएलको अन्य एउटा प्रमुख फ्रेञ्चाइजी तथा वर्तमान च्याम्पियन रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी) पनि बिक्रीको निम्ति उपलब्ध छ। यो सौदा २ अरब अमेरिकी डलरभन्दा अधिकको हुने सम्भावना छ।

About Author

Advertisement