१३ साल कोमामा रहेकाे हरिश राणाको सङ्घर्षपूर्ण जीवनको अन्त्य

2026_3image_18_08_223247987harish

नयाँ दिल्ली: विगत १३ वर्षदेखि कोमामा रहेका गाजियाबादका हरिश राणाको मंगलबार अखिल भारतीय आयुर्विज्ञान संस्थान मा निधन भएको छ। हालै भारतको सर्वोच्च अदालतले उनलाई ‘इच्छामृत्यु’ को अनुमति दिएको थियो, जसका कारण यो मुद्दा देशभर चर्चाको विषय बनेको थियो।
हरिश एम्सको ‘प्यालिएटिभ केयर’ वार्डमा भर्ना थिए। चिकित्सकहरूका अनुसार पछिल्लो एक हप्तादेखि उनले खानपिन पूर्ण रूपमा बन्द गरेका थिए र सोही प्रक्रिया अन्तर्गत उनको जीवनको अन्त्य भयो।
एउटा फोन कल र जीवनभरको पीडा:
सन् २०१३ को रक्षाबन्धनको दिन हरिशको जीवनमा कालो बादल मडारिएको थियो। सिभिल इन्जिनियरिङका विद्यार्थी रहेका उनी चौथो तलाबाट खसेका थिए। सो दुर्घटनापछि उनी ‘क्वाड्रिप्लेजिया’ (चारै अंग नचल्ने अवस्था) बाट ग्रसित भए र त्यसपछि कहिल्यै होसमा आएनन्।
आमाको आशा र कानुनी बहस:
हरिशको निधनले एउटा परिवारको लामो प्रतीक्षा त समाप्त गरेको छ, तर अस्पतालको गल्लीमा बसेर चमत्कारको आशा गरिरहेकी उनकी आमाको तस्बिरले सबैलाई भावुक बनाएको छ। भारतमा इच्छामृत्युको कानुनी र नैतिक जटिलताका बीच हरिश राणाको यो मामला एउटा महत्त्वपूर्ण नजिर बनेको छ।

About Author

Advertisement