बेंगलुरु: अष्ट्रेलियाका दाहिने हातका पेस बलर जोश हेजलवुड चोटले गर्दा लामो समयदेखि क्रिकेटदेखि टाढ़ा छन्। एशेज सीरीज र टी२० वर्ल्ड कप २०२६ बाट बाहिर रहने हेजलवुड आईपीएल २०२६-मा पनि अनिश्चित बनेका छन्। एउटा रिपोर्टअनुसार, ह्याम्स्ट्रिंग र अकिलीज टेण्डनको चोटसँग जुझिरहेका हेजलवुड अहिले पनि फिजियोको देखरेखमा छन् अनि मेडिकल टीमबाट खेल्ने अनुमति हासिल हुने प्रतीक्षा गरिरहेका छन्। सम्पूर्ण रूपले फिट हुन सके मात्र उनी लीगको हिस्सा बन्न सक्नेछन्। हेजलवुडको चोट गत सीजनको च्याम्पियन रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी)-को निम्ति ठूलो चुनौती बन्न गएको छ। हेजलवुड फिट हुन नसके आईपीएल २०२६-मा टीमको बलिंग कमजोर हुनेछ। गत सत्रमा उनले आरसीबी-लाई च्याम्पियन बनाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनले १२ वटा म्याचमा २२ विकेट लिएका थिए। हेजलवुडलाई नोभेम्बरमा न्यू साउथ वेल्सको निम्ति खेल्दा दाहिने ह्याम्स्ट्रिंगमा चोट लागेको थियो। हेजलवुडको आईपीएल करियर पनि इण्टरनेशनल करियर झैं चोटहरूले प्रभावित रहेको छ। हेजलवुडले आईपीएलमा ३९ वटा म्याच खेलेर ५७ विकेट लिएका छन्। गत सीजनमा पनि उनी चोटले गर्दा केही म्याचहरूबाट बाहिर रहेका थिए। नक्आउट चरणमा चाहिँ उनी फिट भएर टीममा सामेल भएका थिए।










