“हीरक रानी—बाई बाई”: शुभेन्दु

IMG-20260102-WA0085

मालदा: बिहार सफा अब पालो बंगालको, कलिङ्ग अंग बने जस्तै अब बंगाल पनि हुने भन्दै सुरुबाटै राज्यमाथि आक्रमण गर्दै बंगाल भाजपाका प्रदेश अध्यक्ष एवं वरिष्ठ नेता शुभेन्दु अधिकारीले हुंकार पिटे। खगेन मुर्मु माथिको आक्रमणबारे कडा प्रतिक्रिया दिंदै बदला लिन परिवर्तन अनिवार्य भएको बताए।
उपमहाशाखा अधिकृतमाथि पनि आक्रमण गरे। सरकार ढलेपछि भेट हुने चेतावनी दिए। लिखित आधारमा अनुमति रद्द गरेको उपमहाशाखा अधिकृतले बताएको कुरा राखे। अप्रिल महिनापछि हिसाब हुने दाबी गरे। धार्मिक कार्यक्रममा बाधा पुर्‍याएको आरोप लगाए। सहराबर्दी र जिन्नासँग राज्य सरकारको तुलना गरे। मोथाबाड़ीबारे कडा टिप्पणी गरे।
धुलियन–सामसेरगंज़ मुद्दामा पनि राज्य सरकारमाथि प्रहार गरे। दिपु दासको प्रसंग उठाउँदै सामसेरगंज़मा बुबा–छोराको हत्यासित तुलना गरे। सिद्दीकुल्लाह र फिरहादविरुद्ध उक्साहनाको आरोप लगाए। चाँचोल उपमहकुमाका चार जना तृणमूल विधायकमाथि आक्रमण गरे। देश विभाजनको मुद्दा उठान गरे।
श्यामाप्रसाद मुखर्जी र प्रणबानन्दजी महाराजलाई स्मरण गरे। माल्दालाई भारतमा गाभिएको इतिहास उल्लेख गरे। सु-शासन र सुरक्षाको प्रतिज्ञा गरे। माल्दामा पहिलेका विभिन्न चुनावमा तृणमूलको परिणामबारे कटाक्ष गरे। लोकसभा परिणामबारे पनि तिखो टिप्पणी गरे।
ममतालाई माल्दाका मानिसले मन पराउँदैनन् भन्ने दाबी गरे। तृणमूल सरकारले माल्दाको धेरै क्षति गरेको आरोप लगाए। आवासको रकम लुटिएको विषयमा प्रहार गरे। बंगलादेशी नागरिक भएको आरोप लागेकी लभली खातुनको मुद्दामा पनि प्रतिक्रिया गरे।
राज्यबाट ५४ हजार करोड रुपैयाँ बिहार–बंगलादेशका मानिसले निकालेर लगेको दाबी राखे। भाजपा आएपछि २०० दिनको काम र आवासका लागि ३ लाख रुपैयाँको घर दिने घोषणा गरे। खानेपानीको समस्याबारे कडा कुरा—नल छ, तर पानी छैन भनेर आक्रमण गरे।
जिल्ला तृणमूल अध्यक्षमाथि पनि प्रहार गर्दै “बुवाको नाम ठिक भए कलम बगानमा आउ” भनि व्यंग्य कसे। आङनवाडी आईसीडीएसको नोकरी बेचिएको आरोप लगाए। उनले “म माल्दाको जिम्मामा आएपछि कसैले उनलाई लिन चाहेन” भन्ने टिप्पणी गरे। डेढ वर्षदेखि कारको ढोका खोलेरै बसेको भन्दै व्यंग्य कसे।
रहिमलाई मलतिपुरमा जित्न नदिने चेतावनी दिए। ताजमुल हुसैनमाथि पनि आक्रमण गरे। उत्तर माल्दामा हिन्दू–आदिवासी गठबन्धनको कुरा गरे। “उत्तर माल्दाले अब सारा राज्यलाई देखाओस्” भन्ने अपील गरे। नन्दीग्राममा ७२ प्रतिशत एक भएको दाबी। एसआईआरबारे कडा प्रतिक्रिया गरे।
प्रसून बनर्जीमाथि आक्रमण गर्दै चरित्रहीन भन्दै टिप्पणी गरे। रवीन्द्रनाथको तस्वीर जलाएको विषयमा प्रतिक्रिया गरे। आईसीमाथि पनि प्रहार गरे। “अप्रिलपछि बुझ्नुहुनेछ” भन्ने चेतावनी दिए। अभिषेक भने, “यो मतदाता सूची मान्दिनँ”, पछि सबैले बुझ्ने दाबी गरे।
धर्म सबैको आफ्नै, रक्षा गर्ने जिम्मेवारी पनि आफ्नै भन्दै टिप्पणी गरे। काँग्रेसका नेताको प्रशंसा गरे। यासिनलाई लिएर लुट्न गएको आरोप लगाए।
केन्द्र सरकारले रेल लाइनका लागि जग्गा मागेको तर नदिएको दाबी गरे। “रेल चाहियो भने भाजपा ल्याउनुहोस्” भन्ने अपिल गरे। नगरपालिका सम्बन्धी मुद्दामा पनि आक्रमण गर्दै “दिवालिया सरकारले नगरपालिका चलाउन सक्दैन” भने।
शुभेन्दुले प्रतिज्ञा लिंदै भने “भाजपा आएपछि योग्यता अनुसार नौकरी दिइनेछ।। प्रवासीहरुलाई अन्य राज्य जानु नपर्ने हुनेछ। दंगावाजलाई नछोडिने। पेटमा भात, हातमा काम, टाउकोमाथि छाना चाहियो भने भाजपा ल्याउनुहोस्। “हीरक रानी—बाई बाई।”

About Author

Advertisement