हियरिङको काम गर्दैछिन् वार्ड काउन्सिलर श्रावणी दत्ता

IMG-20260102-WA0074

सिलगढी: सिलिगुडीमा हियरिङ (सुनुवाइ) को आयोजना भइरहेको छ। सिलिगुडीको १४ नम्बर वार्डको नील नलिनी विद्या मन्दिरमा हियरिङ जारी छ। बिहानैदेखि वार्ड काउन्सिलर श्रावणी दत्ता र उनका कर्मचारी उपस्थिति छन्।
श्रावणी दत्ताले बताइन् कि बिहानैदेखि धेरै मानिसहरू विभिन्न समस्यासहित आएका छन्। “हामी यहाँ बसेर जति सम्भव छ, समस्याहरू समाधान गर्ने प्रयास गरिरहेका छौँ,” भन्ने उनको भनाइ थियो। सिलिगुडीसँगै समग्र उत्तर बंगालभर हियरिङ भइरहेको छ। सुनुवाइमा लाइनमा बसेर सर्वसाधारणले आफ्ना मुद्दा निपटाइरहेका छन्।
धेरैले भने कि “हियरिङ” शब्द सुन्दा सुरुमा अलि डर लागेको थियो, तर अब डर र चिन्ता हटिसकेको छ। “हामीलाई कुनै समस्या हुने छैन, र कसैलाई पनि समस्या हुने छैन,” उनीहरूले बताए।
श्रावणी दत्ताले अगाडि भनिन्, “हामीले जिम्मेवारी लिएर काम गर्नुपर्छ। यसमा समय लाग्छ, तर काम अवश्य पूरा हुन्छन्। तपाईं सबै निश्चिन्त भएर आउनुस् र आफ्ना कामहरू निपटाउनुहोस्, कुनै चिन्ता छैन। मुख्यमन्त्री ममता बनर्जी हाम्रै साथमा हुनुहुन्छ, र उहाँ रहुन्जेल कुनै समस्या आउने छैन। हामी उहाँका सैनिक हौँ, समस्याहरू समाधान हुनेछन्। हामी सधैँ जनतासँगै छौँ।”

About Author

Advertisement