हावाहुरी र भारी वर्षाले सिलगढीका विभिन्न क्षेत्रमा रुख ढल्यो, नगर निगम चेयरमैनद्वारा निरन्तर अनुगमन

Screenshot_20260317_185220_Facebook

सिलगढी: गएराति आएको तीव्र हावाहुरी सहितको भारी वर्षाका कारण सिलगढी नगर निगम अन्तर्गतका विभिन्न क्षेत्रमा रुख ढलेको खबर प्राप्त हुनासाथ सिलगढी नगरनिगमका चेयरमैन गौतम देव सम्बन्धित अधिकारी तुरुन्तै घटनास्थलमा पुगेका छन्।
प्राप्त जानकारी अनुसार नगर निगमका कर्मचारीहरू तीव्र गतिमा काम गर्दै स्थिति नियन्त्रणमा लिन प्रयासरत रहेका छन् साथै प्रभावित क्षेत्रहरूमा रुख हटाउने तथा जनजीवन सामान्य बनाउने कार्य निरन्तर जारी रहेको छ।
यसै क्रममा स्थिति पूर्ण रूपमा सामान्य नभएसम्म, गएराति जस्तै आज पनि विभिन्न घटनास्थलहरूको निरन्तर निरीक्षण र अनुगमन भइरहेको चेयरमैन गौतम देवले बताए भने नगर निगमले नागरिकहरूको सुरक्षालाई प्राथमिकता दिँदै आवश्यक सबै कदम चालिरहेको उनले जनाए।

https://www.facebook.com/share/v/18dStcSnNE

About Author

Advertisement