हारिस रऊफलाई पछि छोड़ेर शाहीन शाह अफरीदी शीर्ष स्थानमा

IMG-20260225-WA0074

पल्लेकेले: टी२० वर्ल्ड कपको सुपर ८-मा ईंग्ल्याण्डविरुद्ध हारको सम्मुखीन भए पनि पाकिस्तानका पेस बलर शाहीन शाह अफरीदीले उत्कृष्ट प्रदर्शन गर्दै रेकर्ड बनाए। पल्लेकेले इण्टरनेशनल क्रिकेट स्टेडियममा शाहीनले पावरप्ले-मा सर्वाधिक विकेट लिने रेकर्ड मात्र नतोड़ेर पाकिस्तानको निम्ति टी२० इण्टरनेशनलमा सर्वाधिक विकेट लिने रेकर्ड पनि बनाए। शाहीनले पहिला ईंग्ल्याण्डका फिल सल्ट र जोस बटलरलाई आउट गरी टी२० इण्टरनेशनल प्रारूपमा पावरप्ले मा सर्वाधिक विकेट लिने न्यूजील्याण्डका पेस बलर टीम साउथीको रेकर्ड तोड़े। साउथीले १२६ वटा टी२० इण्टरनेशनल म्याचको अवधि पावरप्ले-मा ५८ विकेट लिएका थिए जबकि शाहीनले १०२औं म्याचमै ५९ पावरप्ले विकेट पूरा गरिसकेका छन्। पावरप्ले-मा सर्वाधिक विकेट लिने बलरहरूका सूचीमा भारतका अर्शदीप सिंह तेस्रो स्थानमा छन्। उनले ८० वटा म्याचमा ५३ विकेट पावरप्ले-मा लिएका छन्। यस सूचीमा भारतकै भुवनेश्वर कुमार (४७ विकेट) चौथो र अष्ट्रेलियाका जोश हेजलवुड (४६ विकेट) पाँचौं स्थानमा छन्। शाहीन त्यहीँ रोकिएनन्। उनले जेकब बेथेलको रूपमा तेस्रो विकेट लिएर आफ्नै साथी हारिस रऊफको रेकर्ड तोड़े अनि पाकिस्तानको निम्ति टी२० इण्टरनेशनल प्रारूपमा सर्वाधिक विकेट लिने बलर बने। शाहीनले टी२० इण्टरनेशनलमा १०२ वटा म्याच खेलेर १३५ विकेट लिएका छन्। यसरी रऊफले ९४ वटा म्याचमा १३३ विकेट लिएका छन्। यस सूचीमा स्पिनर शादाब खान १२३ विकेटको साथ तेस्रो स्थानमा छन्। समग्रमा टी२० इण्टरनेशनलमा सर्वाधिक विकेट लिने रेकर्ड अफगानिस्तानका राशिद खान (१९३ विकेट) को नाममा रहेको छ।

About Author

Advertisement