हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको सभा सम्पन्न

IMG-20260105-WA0070

श्रमिकहरूको हक र अधिकारको निम्ति वचनबद्ध हुने आह्वान्

खरसाङ: चिया श्रमिकहरूको समस्याहरूमाथि सोमबार इण्डियन गोर्खा जनशक्ति फ्रण्टको श्रमिक संगठन हाम्रो हिल तराई डुवर्स श्रमिक संघको सभा शिवखोलाको सार्वजनिक भवनमा सम्पन्न भयो। सभामा पार्टीको केन्द्रीय संयोजक अजय एडवर्डस विशेष रूपमा उपस्थित रहेका थिए। त्यसरी नै पार्टी केन्द्रीय कार्यकारिणी सदस्य एनबी खवास लगायत पार्टीको अन्य शीर्ष नेतृत्वहरूको उपस्थिति रहेको थियो। त्यसरी नै हाम्रो हिल तराई डुवर्स श्रमिक संघको केन्द्रीय अध्यक्ष डीके गुरूङ, जतन राई, राजु सुब्बा आदि उपस्थित रहेका थिए।त्यसरी नै खरसाङ महकुमा समितिको पक्षबाट विपन गुरूङ, मैते प्रधान, सचिन थापा, अशोक लामा, सुनिल लामा, विपन लामा आदि उपस्थित रहेका थिए। यसै गरी तराई डुवर्स क्षेत्रबाट आयुष अधिकारी, तिलक लुङगेली, अनिल राणा, रोजिया थापा आदि उपस्थित रहेका थिए। तीन घण्टाभन्दा लामो समयसम्म चलेको सभामा पहाड तराई डुवर्स आदि क्षेत्रहरूमा कार्यरत चिया श्रमिकहरूले भोग्दै आएको समस्याहरूमाथि गहन चर्चा भयो। श्रमिकहरूको हक र अधिकारीको पक्षमा उचित कदम उठाउने सभामा चर्चा भयो।स्मरण रहोस् हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले आफ्नो गठनकालदेखि चिया बगानहरूमा मिनिमम वेजेस लागु गर्नु पर्ने,चिया श्रमिकहरूको घर साथै आफ्नो अधिनमा रहेको जमीनहरूको पर्चा पट्टा उनीहरूकै नाममा हुन पर्छ भन्ने आदि जस्ता मांगहरू उठाउँदै आएको दाबी गरेको छ।

About Author

Advertisement