दार्जिलिङ: पश्चिम बंगाल राज्यका राज्यसभा सांसद हर्षवर्धन श्रृंगलाले आज सामाजिक संजाल मार्फत महात्मा गान्धीको पुण्यतिथिमा महात्मा गान्धीप्रति विनम्र श्रद्धाञ्जली अर्पण गरे।
सांसदले संजालमा अहिंसाका सिद्धान्तप्रति महात्मा गान्धीको अटल प्रतिबद्धता मार्फत गान्धीले एउटा साम्राज्यको जग हल्लाएको र उपनिवेशवादका जन्जिरहरू चकनाचूर पारेको उल्लेख गरे साथै अन्तमा गान्धीको विरासतले आज पनि भारतसहित सम्पूर्ण विश्वका मानिसहरूलाई प्रेरणा दिँदै आएको छ भने।










