दार्जिलिङ: हनुमान जयन्तीको पावन अवसरमा दार्जिलिङका सांसद राजु बिष्टले सम्पूर्ण जनतामा हार्दिक शुभकामना व्यक्त गरे।
सांसद बिष्टले आफ्नो सन्देशमा वीरता, भक्ति, सेवा र समर्पणका प्रतीक प्रभु श्री हनुमानप्रति कोटि–कोटि नमन अर्पण गरे। उनले पवनपुत्र हनुमानले सबैलाई साहस, शक्ति, बुद्धि र सेवाभाव प्रदान गरून् भन्ने कामना व्यक्त गर्दै राष्ट्र निर्माण र समाज सेवाको मार्गमा निरन्तर अघि बढ्न प्रेरणा मिलोस् भन्ने अपेक्षा गरे।
उनले भगवान हनुमानका आदर्शहरूले निस्वार्थ सेवा, अनुशासन र अटूट विश्वासको भावना जागृत गराउने उल्लेख गर्दै सबैलाई यी मूल्यहरू आत्मसात गर्न आग्रह गरे।
सांसद बिष्टले अन्त्यमा सबैलाई सुख, शान्ति र समृद्धिको कामना गर्दै हनुमान जयन्तीको हार्दिक शुभकामना व्यक्त गरे।










