विश्वकै पाँच ठूला आभूषण कम्पनीमध्ये एक तथा भारतको अग्रणी सीएसआर योगदानकर्ता मालाबार गोल्ड एण्ड डायमन्ड्सले आफ्नो प्रमुख सामाजिक पहल ‘हङ्गर–फ्री वर्ल्ड’ लाई इथियोपियासम्म विस्तार गर्ने घोषणा गरेको छ। भारत र जाम्बियामा सफल रूपले संचालित हुँदै आएको यो कार्यक्रम अब अफ्रिकी महादेशमा प्रवेश गरिरहेको छ।
दुबई गोल्ड सूकस्थित मालाबार इन्टरनेशनल हबमा आयोजित कार्यक्रममा समूहका उपाध्यक्ष अब्दुल सलाम के.पी.ले दुबईस्थित इथियोपियाका महावाणिज्यदूत असमेलाश बेकेलेलाई औपचारिक आशय पत्र हस्तान्तरण गरेका हुन्।
मालाबारले विगतदेखि आफ्नो शुद्ध नाफाको ५% सामाजिक उत्तरदायित्वका काममा लगानी गर्दै आएको छ, जुन भारतमा अनिवार्य सीएसआर भन्दा दोब्बर अधिक हो। कम्पनीका अनुसार ‘हङ्गर–फ्री वर्ल्ड’ भारतका करुणा, साझेदारी र सामूहिक प्रगतिका मूल्यमा आधारित मोडेल हो, जसले स्थानीय उद्यमलाई विश्वव्यापी प्रभावमा रूपान्तरण गरेको छ।
हाल विश्वका ११९ स्थानमा यो कार्यक्रममार्फत १ लाख १५ हजारभन्दा बढी व्यक्तिलाई हरेक दिन पौष्टिक भोजन उपलब्ध गराइएको छ। जाम्बियामा मात्र २०२४ मेयदेखि तीन विद्यालयमा ९ लाखभन्दा बढी भोजन वितरण भइसकेको छ।
मालाबार समूहका अध्यक्ष एम.पी. अहमदका अनुसार इथियोपियासँगको साझेदारीमार्फत आगामी दुई वर्षमा ८ लाख ६४ हजार अमेरिकी डलरभन्दा बढी लगानी गरिनेछ। लक्ष्य २०२६ को अन्त्यसम्म १० हजार बालबालिकालाई दैनिक भोजन उपलब्ध गराउने तथा शैक्षिक पूर्वाधार मजबुत बनाउने रहेको छ।
पहिलो चरणमा ओरोमिया प्रदेशको अदामा शहरका ५ विद्यालयसँग सहकार्य हुनेछ, जहाँ करिब ११ हजार विद्यार्थी रहेका छन्। विद्यालय भोजन कार्यक्रमसँगै छात्रवृत्ति, डिजिटल साक्षरता, पुस्तकालय विस्तार, र मेंटोरशिप कार्यक्रम पनि संचालन गरिनेछ।
स्थापनाकाल १९९३ देखि मालाबार समूह स्वास्थ्य, भूखमुक्ति, आवास, शिक्षा, महिला सशक्तिकरण र वातावरण संरक्षणलाई आफ्नो प्रमुख ईएसजी प्राथमिकता मान्दै आएको छ। कम्पनीले आफ्नो उपस्थिति रहेको हरेक देशमा सामाजिक जिम्मेवारीलाई समान रूपमा लागू गर्दै आएको दाबी गर्छ।









