हकीमा बेल्जियमविरुद्ध भारतको हार

IMG-20251125-WA0077

नयाँ दिल्ली: भारतीय हकी टीमले मंगलवार मलेशियाको इपोहमा जारी सुल्तान अजलान शाह कप २०२५ टुर्नामेण्टमा बेल्जियमविरुद्ध २-३-ले हारको सामना गर्नु पऱ्यो। सुल्तान अजलान शाह स्टेडियममा यो म्याच सोमवार हुनु थियो तर भारी वर्षाले गर्दा यसलाई स्थगित गरिएको थियो। आज भारतले कड़ा चुनौती पेश गरे पनि अन्तमा हारको सामना गर्नु पऱ्यो। भारतको निम्ति अभिषेकले ३३औं र शिलानन्द लाकड़ाले ५७औं मिनटमा गोल गरे। यसरी पूर्व ओलम्पिक च्याम्पियन बेल्जियमको निम्ति रोमन डुवेकोटले १७औं र ४६औं मिनटमा २ गोल गरे। यसबाहेक अन्य एउटा गोल निकोलस डी केर्पेलले ४५औं मिनटमा गरे। विश्वका सातौं नम्बरको टीम भारतले तेस्रो नम्बरको टीमविरुद्ध शुरुवाती दबाउको सामना गरे पनि बेल्जियमले एक मिनटको अन्तरमा २ गोल गरी म्याच जित्यो। ५ पल्टको च्याम्पियन भारतले अब बुधवार खेलिने म्याचमा आयोजक मलेशियाको चुनौती स्वीकार्नेछ।

About Author

Advertisement