मुम्बई: दिगो तथा जिम्मेवार आतिथ्य सेवाको लक्ष्यसहित इन्डियन होटल्स कम्पनी लिमिटेड (आईएचसीएल) ले अघि सारेको पहल ‘पथ्य’ स्विट्जरल्यान्डको लुसानस्थित इन्टरनेशनल इन्स्टिच्युट फर म्यानेजमेन्ट डेभलपमेन्ट (आईएमडी बिजनेस स्कूल) को विस्तृत केस स्टडीमा समावेश गरिएको छ। उक्त अध्ययनमा आईएचसीएलले दिगो विकासका लागि अपनाएको संरचित दृष्टिकोण र यसलाई कसरी व्यावसायिक रणनीतिसँग एकीकृत गरिएको छ भन्ने विषयको विश्लेषण गरिएको छ।
आईएचसीएलका एक्जिक्युटिभ भाइस प्रेसिडेन्ट, ह्युमन रिसोर्सेस, श्री गौरव पोखरियालले भने, “भारतीय आतिथ्य उद्योगमा अग्रणीको रूपमा आईएचसीएलले निरन्तर विकसित हुँदै जाने धेरै मापदण्ड स्थापित गरेको छ। आज आतिथ्यलाई दिगो बनाउनु सामूहिक जिम्मेवारी हो। ‘पथ्य’ यस्तो भविष्यको मार्ग हो जहाँ विकास र जिम्मेवारी सँगसँगै अघि बढ्छन्। हामीले २०३० का लक्ष्यतर्फ अर्थपूर्ण प्रगति गरेका छौँ, ७० भन्दा बढी बोटलिङ प्लान्ट, ५१ प्रतिशत पानी पुनःप्रयोग, ४१ प्रतिशत ऊर्जा नवीकरणीय स्रोतबाट, तथा साझेदारीमार्फत ७३ वटा स्किल सेन्टर सशक्त बनाउँदै ३५,००० भन्दा बढी सुविधा–वञ्चित युवायुवतीलाई तालिम प्रदान गरेका छौँ।
उनले थपे, “आईएमडीजस्तो विश्वस्तरीय संस्थाले आईएचसीएलको ‘पथ्य’ फ्रेमवर्कलाई आफ्नो अध्ययनमा समावेश गर्नु हाम्रो लागि गर्वको विषय हो। यो मान्यता हाम्रो व्यवसायको केन्द्रमा दिगोपनालाई समाहित गर्न टिमहरूले गरेको सामूहिक प्रयासको प्रतिविम्ब हो।”
आफ्नो उद्देश्यसँग मेल राख्दै, आईएचसीएलले दक्षिण एसियाको सबैभन्दा आइकोनिक, जिम्मेवार र लाभदायक आतिथ्य इको–सिस्टम निर्माण गर्ने लक्ष्यसहित रूपान्तरणको यात्रा निरन्तर जारी राखेको छ।
केस स्टडीका लेखक प्राध्यापक फ्लोरियन हुस, श्री मनोजकुमार सेल्वराज, श्रीमती हर्षा डोड्डिहाल र श्री पिटर दमियानोभले भने, “आईएचसीएल केस स्टडीले सेवा आधारित उद्योगमा दिगोपनालाई समाहित गर्दा आउने चुनौतीहरू र ‘पथ्य’ जस्तो संरचित दृष्टिकोणको महत्व उजागर गर्छ। यसले आतिथ्य उद्योगमा ईएसजीको बदलिँदो भूमिकाबारे विश्वव्यापी छलफलका लागि मञ्च प्रदान गर्छ र यसलाई कसरी मापनयोग्य प्रगतिमा रूपान्तरण गर्न सकिन्छ भन्ने देखाउँछ, जसले व्यवसाय र समाज, दुवैलाई लाभ पुर्याउँछ।”
आईएचसीएलको ईएसजी प्लस् + फ्रेमवर्क ‘पथ्य’ दिगो विकास, सामाजिक प्रभाव र जिम्मेवार आतिथ्यतर्फको एक महत्वपूर्ण पहल हो। परम्परा, कर्पोरेट गभर्नेन्स, सामाजिक जिम्मेवारी, वातावरणीय संरक्षण, पार्टनर ट्रान्सफर्मेशन र दिगो विकास, यी छ वटा स्तम्भमा आधारित ‘पथ्य’ ले २०३० का लागि स्पष्ट लक्ष्य तय गरेको छ। तीमध्ये एकपटक प्रयोग हुने प्लास्टिकको पूर्ण अन्त्य, ५० प्रतिशत नवीकरणीय ऊर्जा प्रयोग, १०० प्रतिशत फोहोर पानी पुनःप्रयोग तथा सबै होटललाई विश्वव्यापी दिगो मापदण्डअनुसार प्रमाणित गर्ने लक्ष्यहरू समावेश छन्।
सीप विकास तथा सीमान्तकृत र सुविधा–वञ्चित समुदायका लागि रोजगारीका अवसर सिर्जना गर्ने प्रतिबद्धता अघि बढाउँदै, आईएचसीएलले १,००,००० भन्दा बढी युवायुवतीको जीविकामा सकारात्मक प्रभाव पार्ने लक्ष्य लिएको छ। भारतीय सांस्कृतिक सम्पदाको दीर्घकालीन संरक्षकका रूपमा परिचित आईएचसीएलले युनेस्कोसँगको सहकार्यमा कम्पनी सक्रिय रहेका क्षेत्रहरूमा १०० प्रतिशत अमूर्त सांस्कृतिक सम्पदा (इन्टान्जीवल कल्चरल हेरिटेज) परियोजनाहरू सञ्चालन गर्ने योजना बनाएको छ।










