स्वर्गीय सुष्मा स्वराजको जन्मजयन्तीको अवसरमा सांसद हर्षवर्धन श्रृंगलाद्वारा श्रद्धाञ्जली व्यक्त

FB_IMG_1771087221132

दार्जिलिङ: पश्चिम बंगाल राज्यसभाका भाजपा सांसद हर्षवर्धन श्रृंगलाले सामाजिक संजाल मार्फत स्वर्गीय सुष्मा स्वराजको जन्मजयन्तीको अवसरमा उनिप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरे।
सांसदले स्व. सुष्मा स्वराज अत्यन्त सम्मानित, स्पष्ट वक्ता र सक्षम नेतृका रूपमा रहेको र उनिसँग परराष्ट्र मन्त्रालयमा उनकै मार्गदर्शनमा काम गर्ने अवसर पाउनु उनको लागि साँच्चै नै गौरवको विषय थियो भने। साथै स्वराज अत्यन्त विचारशील, स्नेही र करुणामयी मन्त्री रहेकी हुनाले, जसको आत्मीयता र मानवताले उनिसँग काम गर्ने सबैको मनमा अमिट छाप छोडेको बताए।
सांसदले स्व. स्वराजको ओजस्वी वक्तृत्वभन्दा पर, उनले कोमल हृदयका साथ सुशासनको नयाँ परिभाषा प्रस्तुत गरेको जनाए साथै विदेशमा अलपत्र परेका नागरिक हुन् वा संकटमा परेका कुनै पनि व्यक्तिको लागि स्वराजको कार्यालय र उनको ट्विटर सधैं सहयोगका लागि खुला रहन्थ्यो भने।
अन्तमा सांसदले भने स्व.सुष्मा स्वराजले सबैलाई सिकाइन् कि सहानुभूति, दया र जनताप्रतिको सच्चा चासोमा आधारित शासन नै सबैभन्दा प्रभावकारी र शक्तिशाली हुन्छ।

About Author

Advertisement