स्पेनिश ला लीगाः बार्सिलोना र एट्लेटिको म्याड्रिड विजयी

IMG-20260308-WA0051

बार्सिलोना: स्पेनिश ला लीगा फूटबल प्रतियोगितामा बार्सिलोना र एट्लेटिको म्याड्रिडले रोमाञ्चक जीत हासिल गऱ्यो। शनिवार राति खेलिएको म्याचमा बार्सिलोनाले एथलेटिक क्लबलाई १-०-ले पराजित गऱ्यो। यस अवे म्याचमा ७३ प्रतिशत पोजेशनको साथ खेले पनि बार्सिलोनाले जीतको निम्ति निक्कै संघर्ष गर्नु पऱ्यो। अन्तमा लामिन यामालले ६८औं मिनटमा गोल गरी टीमलाई जीत दिलाए। यस जीतको साथ बार्सिलोना २७ वटा म्याचमा ६७ पोइण्ट्सको साथ ला लीगा पोइण्ट्स टेबलको शीर्ष स्थानमा कायम रह्यो। यसरी एथलेटिक क्लब ३५ पोइण्ट्सको साथ नवौं स्थानमा रहेको छ। यसरी एट्लेटिको म्याड्रिडले रियल सोसिएदादविरुद्ध ३-२-ले जीत हासिल गऱ्यो। आफ्नो होम ग्राउण्ड रियाद एयर मेट्रोपोलिटानो स्टेडियममा ५६ प्रतिशत पोजेशनको साथ खेल्ने विजेता टीमको तर्फबाट निकोलस गोञ्जालेजले ६७औं र ८१औं मिनटमा २ गोल गरे। यसरी अन्य एउटा गोल अलेक्जाण्डर सरलोथले पाँचौं मिनटमा गरे। रियल सोसिएदादको तर्फबाट कार्लोस सोलेरले नवौं र मिकेल ओयारजाबालले ६८औं मिनटमा गोल गरे। यस जीतको साथ एट्लेटिको म्याड्रिड ५४ पोइण्ट्सको साथ तेस्रो स्थानमा कायम रह्यो। यसरी रियल सोसिएदाद ३५ पोइण्ट्सको साथ गोल अन्तरको आधारमा आठौं स्थानमा रहेको छ। ओसासुना र मालोर्काबीच खेलिएको म्याच २-२ अनि लेवान्ते र जिरोनाबीच खेलिएको म्याच १-१-ले ड्र रह्यो।

About Author

Advertisement