स्पेनिश ला लीगाः बार्सिलोना शीर्ष स्थानमा फर्किन सफल

IMG-20260223-WA0036

बार्सिलोना: स्पेनिश ला लीगा फूटबल प्रतियोगितामा गत सीजनको च्याम्पियन बार्सिलोनाले गत म्याचको निराशालाई भुलेर जीतको फर्म हासिल गऱ्यो। आइतवार राति खेलिएको म्याचमा बार्सिलोनाले लेवान्तेविरुद्ध ३-०-ले जीत हासिल गऱ्यो। आफ्नो होम ग्राउण्ड क्याम्प नोउमा ७४ प्रतिशत पोजेशनको साथ खेल्ने बार्सिलोनाको निम्ति मार्क बेर्नालले चौथो मिनटमै गोल गरे। त्यसपछि फ्रेंकी डी जोंगले ३२औं र फर्मिन लोपेजले ८१औं मिनटमा अझ २ गोल गरी टीमलाई सजिलै जीत दिलाए। यस जीतको साथ बार्सिलोना २५ वटा म्याचमा ६१ पोइण्ट्सको साथ ला लीगा पोइण्ट्स टेबलको शीर्ष स्थानमा पुग्यो। दोस्रो स्थानमा रहने रियल म्याड्रिडसँग बार्सिलोनाभन्दा १ पोइण्ट कम्ती रहेको छ। ला लीगाका अन्य म्याचहरूमा भिल्लारियलले भेलेन्सियालाई २-१-ले, सेल्टा विगोले मालोर्कालाई २-०-ले अनि सेविलेले गेटाफेलाई १-०-ले पराजित गऱ्यो।

About Author

Advertisement