स्पेनिश ला लीगाः बार्सिलोनाको विजयाभियान जारी, एट्लेटिको म्याड्रिडको हार

IMG-20251207-WA0066

बार्सिलोना: स्पेनिश ला लीगा फूटबलमा गत सीजनको च्याम्पियन बार्सिलोनाले आफ्नो विजयाभियान जारी राख्यो जबकि एट्लेटिको म्याड्रिडले चाहिँ फेरि हारको सामना गर्नु पऱ्यो। शनिवार राति खेलिएको म्याचमा बार्सिलोनाले रियल बेटिसलाई ५-३-ले पराजित गऱ्यो। यस अवे म्याचमा ६२ प्रतिशत पोजेशनको साथ खेल्ने बार्सिलोनाले शुरुमै गोल खाए पनि असाधारण पुनरागमन गर्दै म्याच जित्यो। विजेता टीमबाट फेरान टोरेसले ह्याट्रिक गरे। उनले ११औं, १३औं र ४०औं मिनटमा गोल गरे। यसबाहेक रूनी बार्डघीले ३१औं र लामिन यामालले ५९औं मिनटमा गोल गरे। रियल बेटिसको निम्ति एण्टोनीले छैटौं, डिएगो लोरेण्टेले ८५औं र चुचो हर्नाण्डेजले ९०औं मिनटमा गोल गरे। यस जीतको साथ बार्सिलोना १६ वटा म्याचमा ४० पोइण्ट्सको साथ ला लीगा पोइण्ट्स टेबलको शीर्षमा कायम रह्यो। यसरी रियल बेटिस २४ पोइण्ट्सको साथ पाँचौं स्थानमा रहेको छ। यसबीच एट्लेटिको म्याड्रिडले चाहिँ एथलेटिक क्लबविरुद्ध ०-१-ले हारको सामना गर्नु परेको थियो। म्याचमा ४८ प्रतिशत पोजेशनको साथ खेल्ने होम टीमबाट अलेहान्द्रो बेरेंगुएर रेमिरोले ८५औं मिनटमा गोल गरे। एट्लेटिकोले गत हप्ता बार्सिलोनाविरुद्ध पनि हारको सामना गर्नु परेको थियो। लगातार २ वटा हारपछि पनि टीम ३१ पोइण्ट्सको साथ चौथो स्थानमा कायम रह्यो। यसरी एथलेटिक क्लब २३ पोइण्ट्सको साथ सातौं स्थानमा रहेको छ। मालोर्का र ओविएदोबीच खेलिएको म्याच गोलरहित ड्र (०-०)-मा समाप्त भयो। यसरी भिल्लारियलले गेटाफेलाई २-०-ले अनि अलावेसले रियल सोसिएदादलाई १-०-ले पराजित गऱ्यो।

About Author

Advertisement