बार्सिलोना: बार्सिलोना र एट्लेटिको म्याड्रिडले स्पेनिश ला लीगा फूटबल प्रतियोगितामा आफ्नो जीतको फर्म कायम राख्यो। शनिवार राति खेलिएको म्याचमा बार्सिलोनाले अलावेसलाई ३-१-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्डमा ७० प्रतिशत पोजेशनको साथ खेल्ने बार्सिलोनाले शुरुमै गोल खाएपछि असाधारण पुनरागमन गऱ्यो। पाब्लो इबानेजले ४३ सेकेण्डमै गोल गरेर अलावेसलाई बढ़त दिलाए तर लामिन यामालले आठौं मिनटमा होम टीमलाई बराबरीमा पुऱ्याए। त्यसपछि डानी ओल्मोले दुवै हाफमा १-१ गोल गरी बार्सिलोनालाई जीत दिलाए। ओल्मोले २६औं मिनट र इञ्ज्युरी टाइमको तेस्रो मिनटमा गोल गरे। यस जीतको साथ बार्सिलोना १४ वटा म्याचमा ३४ पोइण्ट्सको साथ ला लीगा पोइण्ट्स टेबलको शीर्ष स्थानमा पुग्यो। यसरी एट्लेटिको म्याड्रिडले ओविएदोविरुद्ध २-०-ले जीत हासिल गऱ्यो। आफ्नो होम ग्राउण्डमा ५२ प्रतिशत पोजेशनको साथ खेल्ने एट्लेटिकोको निम्ति दुवै गोल अलेक्जेण्डर सरलोथले गरे। उनले म्याचको १६औं र २६औं मिनटमा गोल गरे। यस जीतको साथ एट्लेटिको ३१ पोइण्ट्सको साथ तेस्रो स्थानमा पुग्यो। मालोर्का र ओसासुनाबीच खेलिएको म्याच २-२-ले ड्र रह्यो। यसरी गेटाफेले एल्चेलाई १-०-ले अनि एथलेटिक क्लबले लेवान्तेलाई २-०-ले पराजित गऱ्यो।








