स्पेनिश ला लीगाः बार्सिलोनाविरुद्ध रियल म्याड्रिडको रोमाञ्चक जीत

IMG-20251027-WA0084

म्याड्रिड: स्पेनिश ला लीगा फूटबल प्रतियोगिताको जारी सीजनको पहिलो एल क्लासिको म्याचमा रियल म्याड्रिडले रोमाञ्चक जीत हासिल गऱ्यो।
आइतवार राति खेलिएको दुई चीरप्रतिद्वन्द्वीबीचको म्याचमा रियल म्याड्रिडले गत सीजनको च्याम्पियन बार्सिलोनालाई २-१-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड सेण्टियागो बर्नब्यू स्टेडियममा ४८ प्रतिशत पोजेशनको साथ खेल्ने रियल म्याड्रिडलाई कीलियन एम्बाप्पेले २२औं मिनटमै बढ़त दिलाए। त्यसपछि फर्मिन लोपेजले ३८औं मिनटमा गोल गरी बार्सिलोनालाई १-१-को बराबरीमा पुऱ्याए। होम टीम रियल म्याड्रिडले पनि मध्यान्तर अघि नै बढ़त हासिल गऱ्यो। रियलको निम्ति दोस्रो गोल जूड बेलिंघमले ४३औं मिनटमा गरे। म्याचको दोस्रो हाफमा रियल म्याड्रिडले गोल गर्ने सुनौलो मौका पाएको थियो तर एम्बाप्पेले ५२औं मिनटमा पेनल्टीबाट गोल गर्न सकेनन्। म्याचको अन्तिम समयमा दुवै टीमका १-१ जना खेलाड़ीले रेड कार्ड देखे। यसमा रियल म्याड्रिडका एण्ड्रिय लूनिनले ९०औं मिनट र बार्सिलोनाका पेड्रीले इञ्ज्युरी टाइमको दशौं मिनटमा रेड कार्ड देखे। यस जीतको साथ रियल म्याड्रिड १० वटा म्याचमा २७ पोइण्ट्सको साथ ला लीगा पोइण्ट्स टेबलको शीर्ष स्थानमा कायम रह्यो। यसरी दोस्रो स्थानमा रहने बार्सिलोनासँग २२ पोइण्ट्स रहेको छ। यसरी रायो भाल्लेकानोले अलावेसविरुद्ध १-०-ले जीत हासिल गऱ्यो। विजेता टीमको निम्ति म्याचको एकमात्र गोल अन्तिम क्षणमा अलेमाओले गरे। यस जीतको साथ रायो भाल्लेकानो १४ पोइण्ट्सको साथ सातौं स्थानमा रहन पुग्यो। अन्य एउटा म्याचमा सेल्टा विगोले ओसासुनाविरुद्ध ३-२-ले जीत हासिल गऱ्यो।

About Author

Advertisement