स्पेनिश ला लीगाः जीतको गोरेटोमा फर्किन सफल बार्सिलोना

बार्सिलोना: स्पेनिश ला लीगा फूटबल प्रतियोगितामा गत सीजनको च्याम्पियन एफसी बार्सिलोनाले गत म्याचको निराशाजनक हारलाई भुलेर जीतको लय हासिल गऱ्यो। रियल म्याड्रिडविरुद्ध एल क्लासिको म्याचमा पराजित भएपछि बार्सिलोनाले फेरि एकजुटता देखाउँदै एल्चेविरुद्ध आइतवार राति खेलिएको म्याचमा ३-१-ले जीत हासिल गऱ्यो। आफ्नो होम ग्राउण्डमा ४९ प्रतिशत पोजेशनको साथ खेल्ने बार्सिलोनाबाट लामिन यमालले नवौं, फेरान टोरेसले १२औं र मार्कस रासफोर्डले ६१औं मिनटमा गोल गरे। यसरी एल्चेको निम्ति राफा मिरले ४२औं मिनटमा गोल गरे। यस जीतको साथ बार्सिलोना ११ वटा म्याचममा २५ पोइण्ट्सको साथ ला लीगा पोइण्ट्स टेबलको दोस्रो स्थानमा पुग्यो। यसरी नवौं स्थानमा रहने एल्चेसँग १४ पोइण्ट्स रहेको छ। यसरी अलावेसले आफ्नो होम ग्राउण्डमा एस्पानयोलविरुद्ध २-१-ले जीत हासिल गऱ्यो। एस्पानयोल १८ पोइण्ट्सको साथ छैटौं र अलावेस १५ पोइण्ट्सको साथ आठौं स्थानमा रहेको छ। ला लीगाका अन्य म्याचहरूमा सेल्टा विगोले लेवान्तेलाई २-१-ले अनि रियल बेटिसले मालोर्कालाई ३-०-ले पराजित गऱ्यो।

About Author

Advertisement