सेवोक: श्याम बस्नेतको नेतृत्वमा, सेवोकबाट धेरै युवाहरू दार्जिलिङ लोकसभा सांसद राजु विष्टकाे उपस्थितिमा, प्रधानमन्त्री नरेन्द्र मोदीमा आफ्नो विश्वास राख्दै भारतीय जनता पार्टीमा सामेल भए।
प्राप्त जानकारी अनुसार सांसदले सेवोक विकासको दृष्टिले सबैभन्दा महत्वपूर्ण क्षेत्रहरू मध्येको एक बनेको छ भने। साथै उनले सेवोक-राङपो रेललाइन निर्माण कार्य तथा बलासोनदेखि सेवोकसम्मको उन्नत राजमार्ग परियोजना पूर्णतर्फ अघि बढिरहेकोले सेवोक यातायात, पर्यटन र व्यापारको केन्द्रबिन्दु बन्ने जनाए।
अन्तमा सांसदले भने- हामी ती सबैलाई स्वागत गर्दछौं जसले राष्ट्रको मजबुतीमा हातेमालो गर्न चाहन्छन् र दार्जीलिङ पहाड, तराई र डुअर्स क्षेत्रको उन्नतिका लागि काम गर्न इच्छुक छन्।








