झापा: ५ मार्चमा हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रसँगै मतगणना स्थलको तयारीसमेत पूरा गरिएको छ।
देशकै चुनावी ‘इपिसेन्टर’का रूपमा हेरिएको झापा–५ को मतगणना निर्वाचन अधिकृतको कार्यालय रहेको दमकस्थित अर्ग्यानिक कृषि भवनमा हुने भएको छ। मतदान सम्पन्न भएपछि झापा–५ अन्तर्गतका ६१ वटा मतदानस्थलबाट संकलित मतपेटिका सोही भवनमा ल्याई गणना गरिने व्यवस्था मिलाइएको छ।
मतगणनास्थलको व्यवस्थापन नेपाली सेना को प्रत्यक्ष संलग्नतामा गरिएको हो। सेनाका एक अधिकृतका अनुसार मतगणना अवरोध नहुने गरी सुरक्षा घेरा कडा बनाइएको छ।










