सुपर ८-मा दक्षिण अफ्रिकाविरुद्ध म्याचमा ब्याटिंग भारतको निम्ति चिन्ता

IMG-20260221-WA0053

अहमदाबाद: ग्रुप चरणमा आफ्नो चारैवटा म्याच जित्ने भारतीय टीमको टी२० वर्ल्ड कपको सुपर ८ राउण्डमा आइतवार दक्षिण अफ्रिकासँग भिड़न्त हुनेछ। भारतले खिताब बचाउने आफ्नो दावेदारीलाई मजबूत गरे पनि टीमको असली परीक्षा अब शुरु हुनेछ। दक्षिण अफ्रिकासँग कगिसो रबाडा, लुंगी एनगिडी, मार्को यानसन, केशव महाराज र एडेन मार्करमको रूपमा मजबूत बलिंग आक्रमण रहेको छ, जो वर्तमान च्याम्पियन भारतको कड़ा परीक्षा लिन तयार छ। भारत र दक्षिण अफ्रिकाबीच गत २ महिनामा छैटौंपल्ट भिड़न्त हुनेछ अनि आइतवार कुन टीम परिस्थितिहरूको सामना गर्न सफल हुनेछ भन्ने हेर्नु रोचक हुनेछ। भरातीय टीमले ग्रुप चरणमा खास कुनै चुनौतीको सामना गर्नु परेन तर टीमको ब्याटिंगमा सुधार गर्ने आवश्यकता रहेको तथ्यसँग मुख्य प्रशिक्षक गौतम गम्भीर र कप्तान सूर्यकुमार यादव अवगत छन्। ओपनिंग ब्याटर अभिषेक शर्माले टुर्नामेण्टमा लगातार ३ वटा म्याचमा खाता खोल्न सकेनन्। उनको फर्म चिन्ताको विषय बने पनि पहिलो चरणमा तिलक वर्माको औसत प्रदर्शनलाई पनि भुल्न हुँदैन। उनले पाकिस्तानविरुद्ध २४ बलमा २५ रन, नीमीबियाविरुद्ध २१ बलमा २५ रन र नीदरल्याण्डविरुद्ध २७ बलमा ३१ रन बनाए। यसरी उनले अधिकांश म्याचमै रन बनाउनको निम्ति संघर्ष गर्नु पऱ्यो। टुर्नामेण्टमा उनको स्ट्राईक रेट १२० भन्दा सामान्य अधिक रहेको छ, जुन उनको करियर स्ट्राईक रेट १४१ भन्दा धेरै कम्ती हो। कप्तान सूर्यकुमारले पनि अमेरिकाविरुद्ध ४९ बलमा अविजित ८४ रनको म्याच जिताउने ईनिंग्स खेलेपछि खास प्रदर्शन गर्न सकेका छैनन्। टीमको निम्ति एकमात्र सकारात्मक संकेत ओपनर ईशान किशनको फर्म रहेको छ। यसबाहेक २ जना अलराउण्डर हार्दिक पाण्ड्या र शिवम दुबेले पनि बीच-बीचमा म्याच जिताउने प्रदर्शन गरिरहेका छन्।
भारतको निम्ति जुन कुरा सबैभन्दा सकारात्मक रहेको छ अनि जसले भारतलाई खिताब जित्ने प्रबल दावेदार बनाउँछ त्यो कुरा हो टीमको विध्वंशी बलिंग आक्रमण। भारतीय बलिंग आक्रमणले ग्रुप चरणमा असाधारण प्रदर्शन गरेको छ, जसमा जसप्रीत बुमराह र वरुण चक्रवर्तीको महत्त्वपूर्ण ८ ओभर सामेल छ। भारतीय पेस आक्रमणमा बुमराहको साथमा हार्दिक, अर्शदीप सिंह र मोहम्मद सिराज रहेका छन्। यसरी स्पिन आक्रमणमा चक्रवर्तीको साथमा अक्षर पटेल, कुलदीप यादव र वाशिंगटन सुन्दर रहेका छन्। ग्रुप चरणमा पाकिस्तानसहित कुनै पनि टीमले भारतीय बलरहरूका सहजताको साथ सामना गर्न सकेको थिएन। वरुणले ४ वटा म्याचमा ५.१६-को असाधारण इकोनमी रेटले ९ विकेट लिएका छन् अनि ३ वटा म्याचमा त उनले आफ्नो पूरा ४ ओभर बलिंग पनि गरेनन्। बुमराहले पनि ३ वटा म्याच खेलेर महत्त्वपूर्ण विकेटहरू हासिल गर्नको साथ केवल ६ रन प्रति ओभरको दरले रन खर्च गरेका छन्। अहमदाबादको पीचलाई ध्यानमा राखेर भारतले ३ जना स्पिनर खेलाउने सम्भावना छ अनि यस्तो भए अर्शदीप सिंहले अन्तिम एकादशमा स्थान पाउनेछैनन्। भारत र दक्षिण अफ्रिकाबीच अहिलेसम्म ३५ वटा टी२० इण्टरनेशनल म्याच खेलिएको छ, जसमा भारतले २१ वटा जितेर केवल १३ वटा हारेको छ। एउटा म्याच बेनतीजा रहेको छ।

About Author

Advertisement