सिलगढी नगरनिगम चेयरमैनद्वारा कालीबारी मन्दिरमा पूजा अर्चना

Screenshot_20260302_181931_Facebook

सिलगढी: सिलगढी नगरनिगमका चेयरमैन गौतम देवले महावीरस्थानस्थित आनन्दमयी कालीबारी मन्दिरमा ईश्वरको आशीर्वाद प्रार्थना गर्दै पुष्पाञ्जलि अर्पण गरे। आज कालीबारी मन्दिरमा विशेष प्रार्थनासहित श्रद्धापूर्वक पूजा–अर्चना सम्पन्न भयो।
यस पूजाआजाको शुभ अवसरमा चेयरमैन गौतम देवले ईश्वरको कृपाले बंगालका सम्पूर्ण जनता सुरक्षित रहून् भन्ने कामना गरे। साथै सबै अशुभ शक्तिको विनाश होस् र समाजमा शान्ति तथा सद्भाव कायम रहोस् भन्ने प्रार्थना गरे। साथै शान्ति र सद्भावनाको मंगलदीपले सिंगो बंगाल आलोकित होस् भन्ने शुभेच्छा व्यक्त गरे।

About Author

Advertisement