सिलगढी नगरनिगम क्षेत्रभित्र ‘हाम्रो टोल हाम्रो समाधान’ परियोजना शुभारम्भ

FB_IMG_1771679473076

सिलगढी: सिलगढी नगरनिगमका चेयरमैन गौतम देवले सामाजिक संजाल मार्फत पश्चिम बंगालकी मुख्यमन्त्री ममता बन्द्योपाध्यायको पहलमा राज्य सरकारको विकासमूलक योजना “हाम्रो टोल, हाम्रो समाधान” परियोजनाको शुभारम्भ भएको जानकारी गराए।


श्री देवले यस परियोजना अन्तर्गत २,९२,४१,००० रुपैयाँको आर्थिक सहयोगमा फूलबारी १ नं. ग्राम पंचायतका २९ वटा मतदान केन्द्रका विभिन्न क्षेत्रहरूमा २९९ वटा ढलान पुल र नालीसहितको पक्का सडक निर्माण परियोजनाको कार्यको शुभारम्भ गरिएको छ भने। यस परियोजनालाई मुहुर्त रुप दिने राज्यकी मुख्यमन्त्री ममता बेनर्जीप्रति मुरी मुरी धन्यवाद ज्ञापन गरे।

About Author

Advertisement