सिलगढी नगरनिगमभित्र पक्की सडक निर्माण कार्यको शुभारम्भ

FB_IMG_1771949520440

सिलगढी: पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीको पहलमा राज्य सरकारको विकासमुखी योजना ‘हाम्रो पाडा, हाम्रो समाधान’ परियोजना अन्तर्गत १९,४१,१२,८३३.०० रुपैयाँको लागतमा सिलगढी नगरनिगमका ४७ वटा वडाका विभिन्न क्षेत्रमा १०२७ वटा कल्भर्ट, नाला तथा पक्की सडक निर्माण कार्यको शुभारम्भ गरियो भनि सिलगढी नगरनिगमका चेयरमैन गौतम देवले जनाए।
प्राप्त जानकारी अनुसार सोही मञ्चबाट सिलगढी नगर निगमको पहलमा तथा पन्ध्रौँ वित्त आयोग अन्तर्गत १३,५८,८८,७१०.०० रुपैयाँको लागतमा ४७ वटा वडामा ५१ वटा विकासमुखी कार्यहरूको शुभारम्भ गरियो।
चेयरमैन गौतम देवले यसका अतिरिक्त, नगर निगमको ११,२०,२५०.०० रुपैयाँको लागतमा वडा नं. २ मा अवस्थित नव-निर्मित झिलिमिली पार्कको उद्घाटन तथा २०,०५,२३०.०० रुपैयाँको लागतमा वडा नं. ४६ स्थित प्रमोद नगर पार्कको निर्माण कार्यको शुभारम्भ गरिएको छ भने।

About Author

Advertisement