सिलगढीमा कवि पारिजातको ९३औँ जन्मजयन्ती भव्य शोभायात्रा सहित मनाइयो

FB_IMG_1773414227420

सिलगढी: सिलगढी पारिजात जयन्ती समारोह समितिको आयोजनामा प्रख्यात नेपाली कवियत्री पारिजातको ९३औँ जन्मजयन्ती भव्य शोभायात्रा सहित मनाइयो।
सिलगढी नगरनिगमका चेयरम्यान गौतम देवले रिबिन काटेर शोभायात्रा शुभारम्भ गरे भने समितिको पहलमा आयोजित कार्यक्रममा शहरभरि आकर्षक शोभायात्रा निकालियो। कार्यक्रममा साहित्यप्रेमी, सामाजिक कार्यकर्ता तथा विभिन्न सङ्घ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रह्यो।
शोभायात्राका क्रममा नगरनिगमका चेयरम्यान र अन्यान्य सहभागीहरूले कवि पारिजातको साहित्यिक योगदानको स्मरण गर्दै उहाँप्रति श्रद्धाञ्जलि अर्पण गरे साथै सहभागीहरूले पारिजातका कृति र विचारले नेपाली साहित्यलाई दिएको योगदानको चर्चा गर्दै उहाँको स्मृतिलाई सम्मानपूर्वक सम्झिए।

समारोहका आयोजकहरूले कवि पारिजातको जीवन र साहित्यिक यात्राले नेपाली साहित्यलाई नयाँ दिशा दिएको उल्लेख गर्दै उहाँका विचार र कृतिहरू आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए।

About Author

Advertisement