रुबी जनरल अस्पताल, कोलकातामा जीवनरक्षक न्यून आक्रामक श्वासनली प्रक्रिया
काेलकाता: रुबी जेनेरल हस्पिटलको पल्मोनोलोजी तथा श्वासप्रश्वास चिकित्सा विभागले केही समयदेखि आकस्मिक उन्नत हस्तक्षेपात्मक पल्मोनोलोजी सम्बन्धी प्रक्रिया सञ्चालन गर्दै आएको छ। उन्नत हस्तक्षेपात्मक पल्मोनोलोजी तीव्र गतिमा विकास भइरहेको क्षेत्र हो, जसले जटिल श्वासनली, फोक्सो तथा प्लुरासम्बन्धी रोगहरूको न्यून आक्रामक विधिबाट निदान र उपचार प्रदान गर्दछ। परम्परागत शल्यक्रियाको विकल्पस्वरूप प्रायः बहिरङ्ग (आउटपेशेन्ट) सेवामार्फत उपचार सम्भव हुन्छ।
गत एक महिनामा रुबी जनरल अस्पतालको समर्पित हस्तक्षेपात्मक पल्मोनोलोजी टोली: डा. शुभंकर चक्रवर्ती, डा. देबप्रसाद दास तथा डा. रिकसोम चटर्जी द्वारा दुईवटा दुर्लभ तथा जीवनरक्षक प्रक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ। पूर्वी भारतमा अत्यन्तै दुर्लभ यी प्रक्रियाहरूले ज्यान जोखिममा रहेका बिरामीहरूलाई कुनै चिरफार नगरी तत्काल राहत प्रदान गरेका छन्। उत्कृष्ट उपचार परिणाम दिलाउन सहयोग पुर्याएका यी दुवै विशेष प्रक्रियाबारे यहाँ उल्लेख गरिएको छ।
पहिलो प्रकरण:
झारखण्डकी ६२ वर्षीया एक महिलाले तीन महिनादेखि क्रमशः बढ्दो श्वासप्रश्वासमा कठिनाइ, सुख्खा खोकीसँगै रगतका धर्सा देखिनु तथा देब्रे छातीमा तीव्र पीडाको गुनासोसहित ओपीडीमा उपस्थित हुनुभएको थियो। अवस्था गम्भीर बन्दै गएपछि ओपीडीमै कुर्दाकुर्दै सास फेर्न नसक्ने भएपछि आकस्मिक कक्षमार्फत भर्ना गरियो। विस्तृत चिकित्सकीय तथा रेडियोलोजिकल परीक्षणपछि भिडियो ब्रोंकोस्कोपी गर्दा देब्रे मुख्य ब्रोंकस पूर्ण रूपमा बन्द गर्ने ठूलो ट्युमर देखियो, जसले देब्रे फोक्सो पूर्ण रूपमा संकुचित (कलेप्स) भएको थियो।
परिवारसँग विस्तृत छलफल गरी लिखित सहमतिपछि सामान्य बेहोस अवस्थामा रिगिड ब्रोंकोस्कोपी गरियो। दक्ष पल्मोनोलोजिस्टहरूको टोलीले अत्यन्त सावधानीपूर्वक सम्पूर्ण ट्युमर हटाई श्वासनली पुनः खुला गर्यो। प्रक्रियापछि देब्रे मुख्य ब्रोंकस पूर्ण रूपमा खुलेको र देब्रे फोक्सो पूर्ण रूपमा फुलेको देखियो, जसबाट बिरामीलाई तत्काल राहत मिल्यो। लामो समयसम्म फोक्सो संकुचित रहँदा यस्तो सम्भव हुने थिएन। रिगिड ब्रोंकोस्कोपीले यो जीवनरक्षक प्रक्रिया सम्भव बनायो। रिगिड ब्रोंकोस्कोपी न्यून आक्रामक शल्यात्मक प्रक्रिया हो, जसबाट केन्द्रीय श्वासनली अवरोध, जस्तै ट्युमर, बाह्य वस्तु वा संकुचन—को प्रत्यक्ष अवलोकन र उपचार गरिन्छ। यस विधि जीवनघातक रक्तस्राव नियन्त्रण, ट्युमर हटाउने तथा श्वासनलीमा स्टेन्ट राख्ने जस्ता उपचारमा प्रयोग गरिन्छ।
दोस्रो प्रकरण:
मिदनापुरका ६९ वर्षीय एक ज्येष्ठ नागरिकले सास फेर्न गाह्रो हुनु र छाती असजिलो हुने गुनासोसहित अस्पतालमा उपस्थित हुनुभएको थियो। उहाँलाई पहिलेदेखि नै सीओपीडी थियो र धूम्रपानको दीर्घ इतिहास थियो। लो-डोज सिटी स्क्यान गर्दा दायाँ माथिल्लो फोक्सो भागमा अनियमित किनारासहितको नोड्युल र देब्रे माथिल्लो लोबमा डाँठयुक्त अन्तर्ब्रोंकियल वृद्धि देखियो। त्यसपछि गरिएको एफडीजी डिजिटल पीईटी-सीटी स्क्यानमा उच्च एसयूभी अवशोषण देखिएकाले क्यान्सरको शङ्का बलियो बन्यो।
हस्तक्षेपात्मक पल्मोनोलोजी टोलीद्वारा गरिएको ब्रोंकोस्कोपिक परीक्षणमा देब्रे माथिल्लो लोबको अग्र खण्ड पूर्ण रूपमा ट्युमरले बन्द गरेको पाइयो। उन्नत प्रविधि प्रयोग गरी ब्रोंकोस्कोपिक स्नेर तथा इलेक्ट्रोकटरिका माध्यमबाट सम्पूर्ण ट्युमर एकैपटक सुरक्षित रूपमा हटाइयो। पर्याप्त रक्तनियन्त्रण सुनिश्चित गर्दै श्वासनली पूर्ण रूपमा पुनः खुला गरियो। दायाँ माथिल्लो लोबको नोड्युलबाट रेडियल ईबीयूएस मार्गदर्शित बायोप्सी पनि लिइयो। बिरामीले प्रक्रिया राम्रोसँग सहनुभयो, अवस्थिति स्थिर रह्यो र हाल उल्लेखनीय रूपमा लक्षणमा सुधार भएको छ। प्रविधिगत प्रगतिका कारण ईबीयूएस उपकरणले यो प्रक्रिया सम्भव बनाएको हो।
रुबी जनरल अस्पतालमा २४ सै घण्टा श्वासप्रश्वास व्यवस्थापन टोली उपलब्ध छ। विशेष तालिमप्राप्त हस्तक्षेपात्मक पल्मोनोलोजिस्टहरू चौबिसै घण्टा सेवामा रहँदै जीवनघातक अवस्थालाई तत्काल राहतमा रूपान्तरण गर्न सक्षम छन्। प्रारम्भिक चरणमै उपचारको अवसर प्राप्त भएमा अझ धेरै जीवन बचाउन तथा शीघ्र निदानसहित प्रभावकारी उपचार प्रदान गर्न हामी प्रतिबद्ध छौं।









