सामसिङ जन कल्याण संघको १५औं स्थापना दिवस भव्य रूपमा सम्पन्न

IMG-20250929-WA0126

गोरुबथान: सामसिङ जन कल्याण संघले आफ्नो १५औं स्थापना दिवस सामसिङ प्राथमिक विद्यालयको भवनमा भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रम भूतपूर्व सैनिक श्रीमान् शेरबहादुर सुब्बाको अध्यक्षतामा भएको थियो।
मुख्य अतिथि मर्निङ ग्लोरी इंग्लिश स्कुलका प्रिन्सिपल तथा समाजसेवी सचिन विश्व र सभापति सेरबहादुर सुब्बाले संयुक्त रूपमा द्वीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरे।
कार्यक्रमका अवसरमा संघको तर्फबाट करिब सयभन्दा बढी वृद्धवृद्धालाई कम्बल वितरण गरिएको थियो। साथै, मुख्य अतिथि सचिन विश्वलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। अन्य विशेष अतिथिहरू शिक्षक सुनिल छेत्री, शिक्षक सन्तोष कुमार राई, शिक्षक प्रितम राणालाई पनि स्मृति चिन्ह प्रदान गरिएको थियो।


मनोरञ्जनात्मक प्रस्तुति अन्तर्गत नानीहरूले आकर्षक नृत्य प्रस्तुत गरे भने दिव्या विश्वले मनमोहक गीत प्रस्तुत गरिन्। कार्यक्रममा समाजसेवी धिराज भुजेल, चिल्ड्रेन होम इंग्लिश स्कुलका प्रिन्सिपल बिनोद सुब्बा, समिति सदस्य उन्नती आले लगायतको विशेष उपस्थितिले कार्यक्रमलाई अझै भव्य बनाएको थियो।

About Author

Advertisement