दार्जिलिङ: दार्जिलिङ लोकसभा सांसद राजु विष्ट र उनको टोलीले आज दार्जिलिङका पहाड, तराई र डुवर्स क्षेत्रभरका चिया बगान तथा सिन्कोना बगान मजदुर संगठनका ट्रेड युनियन प्रतिनिधिहरूसँग बैठक आयोजना गरे।
सांसदको टोलीले मजदुरहरूले भोगिरहेका चुनौतीहरू- जस्तै कम्ती ज्याला, बाँकी बोनस, बसोबासको अवस्था, जमिनको हक, स्वास्थ्य सम्बन्धी चिन्ताहरू, सामाजिक सुरक्षा तथा अन्य सम्बन्धित विषयबारे विस्तृत छलफल गरे। आजको यस छलफल कार्यक्रममा केन्द्र सरकारले हालै लागू गरेका चार नयाँ श्रम सङ्हिता (लेवर कोड्स) तथा तिनको पश्चिम बंगालमा ढिलाइ भइरहेको कार्यान्वयनबारे पनि चर्चा गरे।
सामाजिक संजाल मार्फत विष्टले भने – जीविकोपार्जन सुधार गर्ने, न्यायपूर्ण व्यवहार सुनिश्चित गर्ने, र यस क्षेत्रमा सयौं हजार परिवारलाई आश्रित बनाइराखेको विरासत उद्योगको संरक्षण गर्ने उपायहरू खोजिनेछ।

आजको यस कार्यक्रममा आउँदो दिनहरूमा गर्ने कार्यक्रमबारे पनि छलफल गरियो। सांसदले सामाजिक संजालमा पुष्टि गरे अनुसार प्रत्येक चिया र सिन्कोना बगान मजदुरका लागि अझ बलियो र न्यायपूर्ण भविष्य निर्माण गर्न निरन्तर मिलेर काम गर्दै जाने बताए।।
यस अवसरमा अलीपुरद्वारका सांसद मनोज टिग्गा तथा दार्जिलिङका पहाड, तराई र डुवर्स क्षेत्रका प्रमुख चिया युनियनका नेताहरू पनि आजको कार्यक्रममा सहभागी भए।










