सांसद विष्टले बंगाल भाजपा प्रभारीसँग राष्ट्रिय झण्डा फहराए

FB_IMG_1769433201609

दार्जिलिङ: आज गणतन्त्र दिवसको अवसरमा दार्जिलिङ लोकसभा सांसद राजु विष्टले भाजपा, पश्चिम बंगाल निर्वाचन सह–प्रभारी तथा त्रिपुराका पूर्व मुख्यमन्त्री विप्लब कुमार देबलाई आफ्नो निवासमा स्वागत गर्ने सौभाग्य प्राप्त गरे।
सामाजिक संजालमा यसबारे व्यक्त गर्दै उनिहरुले संयुक्त रूपमा राष्ट्रिय झण्डा फहराएको र राष्ट्रका सबै दिवंगत तथा वर्तमान वीरहरूलाई श्रद्धाञ्जली अर्पण गरेको उल्लेख गरे।
साथै सांसदले संजालमा स्वतन्त्रता सेनानीहरूले गरेका अपार बलिदानहरू तथा बाह्य र आन्तरिक आक्रमणबाट राष्ट्रको रक्षा गरेका वीर नायकहरूको साहस र त्यागलाई स्मरण गरिरहेको जनाए साथै स्वतन्त्र सेनानीहरूको वीरता र समर्पणले राष्ट्र निर्माणतर्फ निरन्तर निष्ठापूर्वक काम गर्न सबैलाई प्रेरणा दिइरहेको छ भने।

About Author

Advertisement