सांसद विष्टले “परिवर्तन र्यालीलाई’ सम्बोधन गरे

FB_IMG_1768907416354

दार्जिलिङ: आज दार्जिलिङ लोकसभा सांसद राजु विष्टले आलिपुरद्वार जिल्लाको कालचिनीअन्तर्गत तुर्सा टी गार्डेन खेल मैदानमा आयोजित विशाल “परिवर्तन र्‍याली”लाई सम्बोधन गरे।
सामाजिक संजाल मार्फत विष्टले दार्जिलिङ पहाड, तराई र डुवर्स क्षेत्र अत्यन्तै विविधतापूर्ण र जीवन्त क्षेत्र रहेको र कालचिनी–जयगाउँ सीमा क्षेत्र भएकाले यसले क्षेत्रमा थप विविधता थपेको छ भने। साथै दशकौँदेखि यस क्षेत्रले तृणमूल कांग्रेस सरकारबाट भेदभाव भोग्दै आएको र प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा यस क्षेत्र अभूतपूर्व गतिमा विकासको बाटोमा अघि बढिरहेको छ भने।
सामाजिक संजालमा सांसदले उल्लेख गरे अनुसार तृणमूल कांग्रेसले हाम्रो क्षेत्रको विकास गर्न पूर्ण रूपमा असफल भएको छ। उनीहरूले चिया बगानका श्रमिकहरूलाई दबाएर राखेका छन्, चिया बगान र सिन्कोना बगानका श्रमिकहरूलाई पर्जा–पट्टा अधिकार दिन अस्वीकार गरेका छन्, र संसद्ले २००६ मा पारित गरेको वन अधिकार ऐन(एफआरए )लागू गर्न इन्कार गरेका छन। यसबाट वन गाउँमा बस्ने हाम्रा परिवारहरू अधिकारबाट वञ्चित भएका छन्। युवा पुस्ताका लागि रोजगारीका अवसरहरूको चरम अभाव छ, जसका कारण उनीहरू जीविकोपार्जनका लागि टाढा–टाढाका शहरमा जान बाध्य छन्। शिक्षक र सरकारी नियुक्तिहरूमा धाँधली भइरहेको छ, योग्य उम्मेदवारहरूलाई पाखा लगाइएको छ, जबकि भू–माफिया, बालुवा माफिया, मानव तस्करी, हतियार तस्करी, लागूऔषध तस्करी, अवैध कोइला खानी, पीडीएस माफिया, भर्ती माफिया र स्वास्थ्य माफिया फस्टाइरहेका छन्। तृणमूल कांग्रेसले जनसांख्यिकीय इन्जिनियरिङमार्फत हाम्रो क्षेत्रका आदिवासी तथा स्थानीय समुदायलाई विस्थापित गरिरहेको छ। यही कारणले जनताले भाजपालाई मतदान गरेर तृणमूल कांग्रेसलाई उखेल्न आवश्यक छ। यसको विपरीत, प्रधानमन्त्री मोदीजीको नेतृत्वमा केन्द्र सरकार “सबका साथ, सबका विकास”को सिद्धान्तमा विश्वास गर्छ र डुवर्स, तराई र पहाडी क्षेत्रलाई विकासको सर्वोच्च प्राथमिकतामा राखेको छ।
सांसदले अझ अघि बताए- नयाँ वर्षको उपहारस्वरूप प्रधानमन्त्री मोदीजीले उत्तर बंगाल क्षेत्र, विशेषगरी डुवर्सबाट धेरै नयाँ रेल सेवाहरूको उद्घाटन गर्नुभयो। आलिपुरद्वार रेलवे स्टेशनलाई अमृत भारत योजनाअन्तर्गत स्तरोन्नति गरिएको छ। तीस्ता नदीमाथि सेभोक र एलेनबारी जोड्ने कोरोनेसन पुलको विकल्प ₹१,१७२ करोडको लागतमा निर्माणाधीन छ। साथै सिलिगुढीदेखि हाशिमारासम्म सेभोक, बाग्राकोट, ओड्लाबारी, माल बजार, चाल्सा, नगरकट्टा, बनारहाट र वीरपारालाई जोड्ने “नमो भारत रेल सेवा” प्रस्ताव विचाराधीन छ। हाशिमारा विमानस्थलमा नयाँ सिभिल टर्मिनल पनि निर्माण गरिनेछ। यसबाहेक, चार नयाँ श्रम संहिताको कार्यान्वयनले चिया बगानका श्रमिकहरूलाई राम्रो ज्याला, जीवनस्तर र सामाजिक सुरक्षाको ग्यारेन्टी दिनेछ।स्वतन्त्रताको ७८ वर्षपछि, प्रधानमन्त्री मोदीजीको नेतृत्वमा मात्रै दार्जिलिङ पहाड, तराई र डुवर्स क्षेत्रमा वास्तविक, देखिने र दिगो विकास भएको छ।


अन्तमा सांसदले चिया बगान, वन बस्ती र सिन्कोना बगानका हाम्रा दाजुभाइ–दिदीबहिनीहरूलाई न्याय दिलाइनेछ भनि आश्वासित गरे। सांसदले भने- यो प्रधानमन्त्री मोदीजीको ग्यारेन्टी हो। यो भाजपाको ग्यारेन्टी हो।

About Author

Advertisement